2:07 PM | Posted by Butwalonline
कृष्ण आचार्य, दैलेख,आश्विन २३- पाँच दिन अघि गोठाला गएको बेला वेवारिसे बम खेलाउन खोज्दा हातमै बिष्फोट भएर घाइते भएका दैलेखको बालुवाटार गाविस–८ कागतेका ११ वर्षीय तिलबहादुर पुन मगरका परिवारले गरिबीका कारण खर्च जुटाउन नसकेर उपचार हुन सकेको छैन । उनले असोज १८ गते दिउसो एक्लै बााझघारी जंगलमा अनौठो बस्तु देखेर खेलाउदै गर्दा बिष्फोट भएको बमले देब्रे हातका ३ वटा औंला झरेका, छन् भने मुख र छातिमा बमको छर्राले घाऊ लागेको छ । घटनाको तेश्रो दिन उपचारका लागि सदरमुकाम आएका घाइतेका बुबा नरबहादुर पुन मगरले घरबाट ल्याएको २ हजार मध्ये सदरमुकामको एक मेडिकलमा ड्ेरसिङ्ग गरेको १८ सय रुपैंया लिएको र बााकी २ सय एक छाक खाना खाादा सकिएपछि आफू बेखर्ची भएको बताउनु भयो । ड्ेरसिङ्ग गरेर जिल्ला अस्पतालमा पुगेपछि यहाा उपचार हुन नसक्ने भनी नेपालञ्ज रिफर गरी सकेपछि र जिल्ला प्रशासन, जिविस, रेडक्रस र बालबालिका संवन्धी काम गर्ने संस्थामा सहयोगको लागि आग्रह गर्दा समेत कसैले सहयोग नगरेको भन्दै आर्थिक अभावकै कारण उपचारमा अन्यौल भएको राप्रपा नेपालका जिल्ला उपाध्यक्ष रणबहादुर सिंहले जानकारी दिनु भयो । तिलबहादुर पुन मगर बालुवाटारकै तुलसी माध्यमिक विद्यालय नौफेरीमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुनुहुन्थो ।
सम्बन्धित शीर्षकहरु: News

Posted by Butwalonline
on 2:07 PM. Filed under
News
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response