पेट्रोलको भाउ प्रतिलिटर तीन रुपैयाँ बढयो

सोमबार बिहान बसेको निगमको संचालक समिति बैठकले हवाई र एल्पी ग्यासको मुल्य भने बढाएको छैन । मुल्य वृद्धि पछि निगमको मासिक घाटा ७० करोड ६० लाख रुपैयाँमा झरेको छ । मुल्य वृद्धिअघि निगमले मासिक ८२ करोड ९५ लाख घाटा व्यहोरेको थियो ।
अमेरिकी डलर मजबुत भएकाले अन्तराष्ट्रिय बजारमा मुल्य घटे पनि नेपालमा पेट्रोलको मुल्य बढन गएको हो । अहिले पनि भारतको रक्सौलमा भन्दा नेपालको वीरगंजमा प्रतिलिटर पेट्रालको मुल्य ८ रुपैयाँ सस्तो छ ।
आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले महँगोमा पेट्रोल किनेर सस्तोमा बेच्दा घाटा धान्न नसक्ने भएकाले मुल्य बढाउनु परेको बताए । अहिले निगमको ऋण १७ अर्ब ४५ करोड रुपैयाँ छ ।
गत आर्थिक वर्षमा १० करोड रुपैयाँ घाटा भएको थियो । उक्त आर्थिक वर्षमा निगमले सरकारलाई १५ अर्ब रुपैयाँ राजश्व तिरेको थियो ।
स्रोत :कान्तिपुर न्युज