केन्द्रिय पार्षदसभा आजदेखि बुटवलमा शुरु
विनोद परियार,बुटवल,२६ असोज-तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रिय पार्षदसभा आजदेखि बुटवलमा शुरु हुदै छ ।
तीन दिन सम्म चल्ने पार्षदसभामा ५२ देशका करिव ४ सय प्रतिनिधिको सहभागिता हुने छ । पार्षद भेलाको गुरुङ सभाषदहरुले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटनका लागि एकीकृत नेकपा माओवादी प्रमुख तथा सचेतक सभासद देव तमू,आदिवासी जनजाति सभासद मञ्च ककस सयोजक पृथ्वीसुब्वा तमू, नेपाली काग्रेसका इन्द्र बहादुर तमू, राष्ट्रिय प्रजातन्त्र पार्टीका सह महामन्त्री हेमजंग तमू, नेकपा एकीकृतका पोलिट व्युरो सदस्य केवी तमू बुटवल आएका छन् ।
आजदेखिनै बन्द सत्र सुरु आयोजकले जनाएका छन् । सभाले एक बर्ष कार्यक्रमको समिक्षा गर्दै एक बर्षको कार्यक्रम पनि तय गर्ने छ ।