|

दुर्घटनामा एकको मृत्यु १७ घाइते

बुटवल, कार्तिक ११-पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नगरपालिका १४ जीतगढीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।

बिहीबार राति सालझण्डीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४४ १७ नम्बरको बसमा वीपरीत दिसातर्फ जाँदै गरेको लु ३ ख १४६६ नम्बरको मोटरसाइकलले ठक्कर खाँदा मोटरसाइकल चालक बुटवल ८ का ४८ वर्षे सोमनाथ पराजुलीको मृत्यु भएको हो ।

मोटरसाइकल जोगाउन खोज्दा अनियन्त्रित भइ बस पल्टिँदा त्यसमा सवार १७ जना घाइते भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
                                                                                                                            स्रोत :कान्तिपुर


घाइतेहरु सबैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

Posted by Butwalonline on 9:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुर्घटनामा एकको मृत्यु १७ घाइते"

Leave a reply