|

जुवा खेल्ने र जुवाखाल चलाउने बुटवलका १६ जना पक्राउ


बुटवल, कार्तिक ११ - तिहारको मौका छोपेर जुवा खेल्ने र जुवाखाल चलाउने बुटवलका १६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जुवाको खालबाट ४ लाख रुपैयाँ बरामद समेत गरेको छ । स्थानीयको उजुरीपछि प्रहरीले बिहीबार राति छापा मारी बुटवल १४ नयागाउंका व्यवसायीक जुवाडेसहित उद्योगी व्यापारीहरुसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेका सबैलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
                                                                                                                                  स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 9:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जुवा खेल्ने र जुवाखाल चलाउने बुटवलका १६ जना पक्राउ"

Leave a reply