नबाङ्गिई गरौं मोबाइलमा कुरा
काठमाडौ, आश्विन २८ - मोबाइल फोन गर्दनले एकातिर थिचेर लामो समय गफिन अभ्यस्त हुनुहुन्छ भने सावधान भइहाल्नुस् । मोबाइल फोनका उपभोक्ताहरू यस्तो शारीरिक मुद्राका कारण नयाँ समस्याले पीडित भइरहेका छन्, जसलाई 'टेक्स्ट नेक' भनिन्छ ।
निकै लामो समयसम्म गर्दन बंग्याएर फोनमा कुरा गर्दा तपाईंमा बात वा गठियाको समस्या देखिन सक्छ । समस्या अझ गम्भीर हुँदा मांसपेशी स्थायी रूपमा बांगिन सक्छ । अनि घाँटी सीधा हुन कठिनाइ उत्पन्न हुन सक्छ ।
स्मार्ट फोन र ट्याबलेट कम्प्युटरको उपयोग बढ्नाले टेक्स्ट नेकको समस्यामा वृद्घ भएको हो । लिडस्को फ्रिडम ब्याक क्लिनिक्सका रसेल ल्यानकास्टरका अनुसार यो स्थिति आउनुको कारण मोबाईल फोन अड्काइराख्न घाँटीलाई लामो समयसम्म मोडेर राख्नु हो । घाँटीको मांसपेशी र जोर्नी लामो समयसम्म मोडेर राख्नका लागि बनेको हुँदैन । लामो समयसम्म मोड्नाले दबाब पर्छ । यो समस्याप्रति बालबालिका बढी संवेदनशील हुन्छन् किनभने उनीहरूको टाउको वयस्कको दाँजोमा उनीहरूको शरीरभन्दा बढी ठूलो हुन्छ । पातलो घाँटी भएका महिलाले समेत यो समस्याप्रति बढी सावधानी अपनाउनु आवश्यक छ ।

साभार :कान्तिपुर न्युज
Useful information
प्रविधिले हामीलाई जति सुविधाजनक बनाएको छ त्यति नै त्यसको प्रयोग सहि तरिकाले गर्न नजान्दा हामीले दुख पनि पाइरहेका हुन्छौ
@Free Sansar तपाईको कुरा एकदम ठीक हो ,प्रबिधिलाई सही तरिकाले उपयोगगर्न नजान्दा उल्टो नुकशान झेल्नुपर्छ |