|

वैदेशिक रोजगारमा नीतिगत सुधारको तयारी

काठमाडौं, कार्तिक १२ - वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुले धेरै दुःख पाएको भन्दै वैदेशिक रोजगार विभागले नीतिगत सुधार गर्ने भएको छ ।

विभागका महानिर्देशक नरेन्द्रराज शर्माले नीतिगत रुपमा केही समस्या रहेका कारण त्यसलाई सुधार गर्न सरोकारवाला निकायसँग सहमति गरी केही दिनभित्रै अन्तिम रुप दिने बताए ।

दलालका कारण वैदेशिक रोजगारमा जाने नागरिकले अनेक समस्या भोगेका कारण त्यस्त गलत क्रियाकलाप नियन्त्रण गर्न कडा कानुन बनाई त्यसको व्यावहारिक कार्यान्वयन गराउनु नै आजको आवश्यकता रहेको बताउदै शर्माले भन्नुभयो–‘कुन नागरिक कुन देश, के काम गर्न गएको छभन्ने थाहा पाउने गरी ‘वेभरोष्टर’मा राख्ने काम शुरु भइसकेको जानकारी दिए ।

महिलाहरु हचुवाको भरमा विदेश जाने प्रवृत्तिलाई नियन्त्रण गर्न कुन देशमा के काम गर्न जाने हो, कम्पनी कुन हो, कसले पठाउने हो, कति रकम लाग्ने हो, सेवा सुविधा के कति छभन्ने कुरा प्रष्ट रुपमा उल्लेख नगरी विदेश जान नपाउने व्यवस्था गर्न लागिएको विभागका निर्देशक लालबाबु कवारीले बताए ।

पछिल्लो एक हप्तामा मात्रै २० जना दलालहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको र उनीहरुलाई कानुन अनुसार कारवाही गरिने निर्देशक कवारीले बताए ।

वैदेशिक रोजगारीमा लगिएका महिलालाई वेश्यावृत्तिमा लगाइएको, अत्याधिक श्रम शोषण गरिएकोलगायतका गुनासो आइरहेकाले त्यसलाई नियन्त्रण गर्न सम्बन्धित देशका राजदूतलाई कडा निर्देशन दिइएको पनि विभागले बताएको छ । रासस
स्रोत :कान्तिपुर न्युज

Posted by Butwalonline on 9:03 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वैदेशिक रोजगारमा नीतिगत सुधारको तयारी"

Leave a reply