मोटरसाइकलको ठक्करबाट साइकलचालकको मृत्यु
चितवन (रत्ननगर), कात्तिक १२ - चितवनको भरतपुरस्थित मालपोतचोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्युभएको छ। गएराति भरतपुरको बसपार्कबाट वाइपास रोडहुँदै आँपटारीतर्फ जाँदै गरेको ना.६प ६४३६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलचालकको मृत्युभएको चितवन प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट मृत्यु हुनेमा भरतपुर ११ का २४ वर्षीय कान्छालाल वम्जन रहेको प्रहरीले जनाएको छ। उनको भरतपुर मेडिकल कलेजमा राति नै उपचारका क्रममा मृत्युभएको हो।मोटरसाइकल नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। रासस

स्रोत :नागरिक न्युज