सम्भावना र चुनौतीका बिच लुम्बिनी मेडिकल तथा रिसर्च सेन्टर
भेटर्वार्ता
दश वर्षसम्म विशेषज्ञ डाक्ट अभाव कायम रहन्छ, पोखरेल
सम्भावना र चुनौतीका बिच लुम्बिनी मेडिकल तथा रिसर्च सेन्टर
मुक्तिप्रसाद न्यौपाने| प्रमुख (Chairman)गोपालबहादुर पोखरेल तस्वीर: मुक्तिप्रसाद न्यौपाने/ बुटवल अनलाइन |
१. यति ठूलो लगानी सानो क्षेत्र पाल्पामा नै किन, के उद्देश्य राख्नुभएको छ ?
- पाल्पा स्वच्छ प्राकृतिक वातावरणले भरिपूर्ण, शान्त र पठनपाठनको लागि उपयुक्त स्थल जसले गर्दा विरामीलाई आरामको महशुस हुने र अध्ययनको लागि उपयुक्त वातावरण रहेको छ त्यसैले । हाम्रो प्रमुख उद्देश्य भनेको पेइङ क्यापासिटी कम भएका गरीब जनतालाई सेवा पुर्याउन रहेको छ ।
२. अहिलेसम्म कति लगानी गर्नुभएको छ ?
- करिब ४० करोड लगानी भैसकेको छ, अझै दश वर्षसम्म लगानी थप्दै लग्नेछौं ।
३. कुन–कुन सेवाहरु प्रदान गर्नुभएको छ ?
- सीटिस्कान, न्यूरो, सर्जन, काइनोक्लोजी, हाडजोर्नी तथा नशाका साथै ओपिडी सेवाहरु दिइरहेका छौं ।
४. नेपालमा विशेषज्ञ डाक्टरको अभाव छ भन्ने सुनिन्छ यहाा समस्या छ की छैन ?
- नेपालमा विशेषज्ञको अभाव रहेको कुरा सत्य हो यहाा पनि त्यो समस्या रहेको छ र हामि कतिपय अवस्थामा भारतबाट पनि विशेषज्ञ ल्याएर काम गरिरहेका छौं । नेपालमा विशेषज्ञ डाक्टरको अझै १० वर्ष अभाव रहन्छ ।
५. कति विद्यार्थीले एमबीबीएसमा अध्ययनरत रहेकाछन् ?
- सुरुवातको क्रममा ४० जनाबाट शुरु गरेपनि अहिले मूल्याङ्कन अनुसार हामिकहाा प्रत्येक वर्ष १ सय जना विद्यार्थीहरु एम.वी.वी.एस.मा अध्ययन गर्ने गरेकाछन् ।
