|

दुर्घटनामा छोराको मृत्यु भएको हल्लाले आमाद्वारा आत्महत्या

सिन्धुली , आश्विन २८ - बस दुर्घटनामा छोराको मृत्यु भएको आशंकामा सिन्धुलीको डाडीगुराँसे गाविस- ६की एक महिलाले बिष सेवन गरी आत्महत्या गरेकी छन् ।

बिहीबार बीपी राजमार्ग अन्तर्गत पुरानो झाँगाझोली- ४ मा भएको बस दुर्घटनामा परी छोराको मृत्यु भएको हल्ला सुनेर आमा पदममाया देवकोटाले आत्महत्या गरेको स्थानीयले बताएका छन् । दुर्घटनामा परी घाइते भएका डाडीगुराँसे ६ कै बद्री गौतमलाई भेट्न छोरा कृष्णप्रसाद देवकोटा दुर्घटनामा भएकै दिन धुलीखेल गएकाले मृत्यु भएको हल्लाले आमाले आत्महत्या गरेको स्थानीय गणेश बुढाथोकीले जानकारी दिए । छोरा देवकोटा शकुसल छन् ।

घरमा बाबुको शुक्रबारको श्राद्धमा छोरो नआएपछि आमाले आत्महत्या गरेको स्थानीयको भनाइ छ । घरमा भएको कान्छो समेत गाउँलेसँगै सदरमुकाम तर्फ गएपछि छोराको मृत्युनै भएको भन्दै आमा पदममाया रोइरहेको केही समय नबित्दै विष सेवन गरी आत्महत्या गरेको बुढाथोकीले बताए ।

इन्ड्रोशिल नामक किटनाषक औषधि सेवन गरी पदममायाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । पोष्टमार्टम पछि बस दुर्घट्नामा परी मृत्यु भएकी स्थानीय सीता गौतमसँगै उनको समेत दाहसंस्कार गरिएको छ ।
स्रोत :कान्तिपुर न्युज

Posted by Butwalonline on 9:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुर्घटनामा छोराको मृत्यु भएको हल्लाले आमाद्वारा आत्महत्या"

Leave a reply