|

बस दुर्घटनामा एकको मृत्यु २६ घाइते

महेन्द्रनगर , आश्विन २४ - महेन्द्रनगरबाट मंगलबार बिहान नेपालगंज तर्फ गइरहेको बागेश्वरी यातायातको ना ४ ख ६५० नम्बरको बस पल्टिएर एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बिहान नौ बजेतिर महेन्द्रनगर नजिक भासी  राजमार्गमा  बस पल्टिएको हो ।
घाइते मध्ये कोहलपुरका डिल्लीराम पोखरेल, महेन्द्रनगर भासीका  विरेन्द्र पाठक र नाम नखुलेका अर्का एक जनाको अवस्था गंम्भीर रहेकाले उपचारका लागि भारतको वरेली रिर्फर गरिएको छ । अन्य घाइतेहरुको महेन्द्रनगर स्थित  महाकाली अञ्चल  अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएकामा अन्दाजी ३५ वर्षका नाम खुल्न नसकेको बसका खलासी हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
अन्य घाइतेहरुमा नेपालगंजका एकै परिवारका धनबहादुर नेपाली, गंगा नेपाली र सन्दर नेपाली छन् ।  कैलाली लम्कीका रतन थापा, कैलाली मसुरियाका वीरबहादुर थापा र अर्का नाम खुल्न नसेका घाइते छन् । त्यसैगरी दुर्घटनाका बखत साइकलमा गइरहेका भासीका स्थानीय विरेन्द्र पाठक पनि घाइते भएका हुन् ।
यस्तै दुर्घटनामा जाजरकोटका विरेन्द्र कार्की,  प्रेम पन्त र राकेश विष्ट पनि घाइते छन् । दुर्घटना लगतै बस चालक फरार भएको प्रहरीले जनाएको  छ । घाइते यात्रु रतन थापाका अनुसार चालकले अत्याधिक गतिमा बस हुँइकाएकाले नियन्त्रण गर्न नसकेर पल्टिएको बताएका छन् ।
सदरमुकाम महेन्द्रनगरबाट ४ किलोमिटर पूर्व राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटना पछि अहिले तयाहँ सडक अवरुद्ध बनेको छ  ।

यसै गरी दाङमा  मंगलबार बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । कामाडौंबाट तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख ९६४५ नम्बरको बस बिहान दाङको ग्वार खेलामा पल्टिदा १६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा विजौरीकी जमुना भुसाल, राधिका भुसाल, शारदा चौधरी, पुरन्धाराका गंगाराम डाँगी, मानपुरकी रिता चौधरी, श्रीजना चौधरी, फुलमति चौधरी, उमा चौधरी र वसन्त केसी छन् ।
 यस्तै घोराही नगरपालीका ६ का खड्गबहादुर राना, डुरुवाका पर्सुराम चौधरी, शान्तिनगरकी शान्ति पुन, चौलाहीका छविलाल चौधरी, प्रेमकुमार चौधरी र सल्यान काभ्राका हर्कबहादुर पुन रहेको प्रहरीले जनाएको छ । घाइते सबैको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।
स्रोत :कान्तिपुर न्युज 

Posted by Butwalonline on 9:49 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस दुर्घटनामा एकको मृत्यु २६ घाइते"

Leave a reply