|

सेती नदीको खोंचमा खसेका एक युवाको उद्धार

पोखरा, आश्विन २४ - सेती नदीको खोंचमा खसेका एक युवाको बेहोस अवस्थामा उद्धार गरिएको छ । चाइना पुलको दक्षिण पुर्वपट्टी रंगशाला पछाडिबाट सोमवार साँझ करिब एक सय मीटर तल खोंचमा खसेका युवालाई प्रहरीले  माथी निकाल्न सफल भएको छ ।
शशस्त्र र नेपाल प्रहरीको संयुक्त रेस्क्यु टोलीले तल पुगेर डोरीको सहयातबाट ति युवालाई दुई घण्टा पछी निकालेका हुन् । बोल्न नसक्ने अवस्थमा भेटिएका करिब २२ वषिर्य ति युवाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको शशस्त्र प्रहरी कालिका गणका प्रहरी निरीक्षक नरेन्द्र धामीले बताए ।
राति अबेरसम्म परिचय खुल्न नसकेका ती युवा खसेको स्थानीयले देखेपछी प्रहरीको रेस्क्यु टोली घटनास्थल पुगेको थियो । सेती नदीको आसपास खोंचहरु रहेकोले खतराजन्य मानिन्छ । जर्मन सरकारको सहयोगमा सन् १९९८ मा नेपाल खानी तथा भुगर्व विभागले गरेको पोखराको भुबनोटको अध्ययनमा सेती नदी छेऊको ठाउँ बढी सम्बेदनशील रहेको देखाएको थियो ।  पृथ्वीनारायण क्याम्पसका भुगोल तथा जनसंख्या विभागका प्रमुख कृष्ण केसीका अनुसार पोखराको जमिनमा चुनयुक्त पदार्थ बढी भएको र पानीमा घुलेर सानो छिद्र हुदै ठुला-ठुला धर्ती फाट्ने गरेको छ ।

Posted by Butwalonline on 9:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सेती नदीको खोंचमा खसेका एक युवाको उद्धार"

Leave a reply