|

पाल्पा उद्योग वाणिज्य संघको ५४ औं साधारण सभा सम्पन्न

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, १ असोज

पाल्पा उद्योग वाणिज्य संघको ५४ औं साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाको उदघाटन गर्दै सभासद मोहन पाण्डेले देशको संविधान बनाउने सवालमा सुशील कोइराला, मोहन वैद्य, के. पी. ओली जस्ता प्रमुख तीन राजनीतिक दलका शीर्षस्थ नेताहरु संविधान सभा भन्दा बाहिर रहेर आ–आफ्नै किसिमका वैचारिक अडान लिएका कारण नयाा संविधान निर्माण कार्य अघि बढ्न नसकिरहेको बताए । केही ठूलो योजना बनाएर पाल्पा जिल्लाले माग गरेका अवस्थामा जिल्लाको आर्थिक तथा सामाजिक विकास हुने तथा यस कार्यको लागि आफुले पाल्पामा हवाई सम्भाव्यता अध्ययन गर्नको लागि रु. १ लाख रुपैंया सहयोग गर्ने उनको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुषण राजलवटले नयाा सरकार गठन भए पश्चात नीजि क्षेत्रमा आशा पलाएको र आशामा तुषारापात हुने छैन भन्ने कुरामा आफूहरु विश्वस्त रहेको बताए । उनले द्धन्दकालमा साना तिना व्यापारीहरुलाई दिईएका आश्वासन अनुरुप वर्तमान सरकारले वर्तमानमा उब्जेका समस्याहरुलाई समाधान गरिदिन तथा युवा स्वरोजगारको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शंकर श्रेष्ठले राजनीतिक पार्टीहरुले हरेक क्षेत्रलाई आफ्नो भातृ संस्थाको रुपमा परिचालित गर्ने प्रथा हटाउन अनुरोध गर्दै एउटा औंला अरुलाई ठड्याउादा चार वटा औंलाले आफूहरुलाई ठड्याई रहेको यथार्थतालाई महसुस गरी संस्थामा आवद्ध सदस्यहरुको नेतृत्वलाई स्वीकार्नै पर्छ । पार्टी नेताहरु झिना मसिना कुराहरुमा अल्झिनु हुादैन बताउादै व्यवसायिक हक, हितको लागि स्थापित संस्थालाई सबै पक्षले उपयोगी सुझाव सल्लाह दिएमा त्यो फलदायी हुने कुरामा जोड दिएका थिए ।


संघका अध्यक्ष मधु दयाल सैंजुले नीजि क्षेत्रका समस्याहरु जिल्ला र राष्ट्रकै समस्या हुने भएकोले नीजि क्षेत्रले देख्ने अवसर तथा फाईदाहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा जिल्ला, क्षेत्र, राष्ट्रकै हितमा हुने भएको हुादा नीजि क्षेत्रको सही सदुपयोग र परिचालनबाटै राष्ट्रको आर्थिक समृद्धि सम्भव हुन्छ भन्नु हुादै नीजि क्षेत्रलाई विचलित र निरुत्साहीत गरिएमा राष्ट्रकै लागि घातक सिद्ध हुने उल्लेख गरे । उनले यसै वर्षका फागुन ५–१३ सम्म संघको मुख्य आयोजनामा तानसेनमा पश्चिमांचल औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं पर्यटन महोत्सव २०६८ आयोजना गर्न लागिरहेको बताउादै हुादै जिल्ला कै लागि गौरव हुने यस मेला महोत्सवका लागि राजनीतिक दल, स्थानीय निकाय, सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहयोग र सदाशयता प्राप्त हुने कुरामा आफूहरु विश्वस्त रहेको बताए ।


संघका महासचिव भीमसेन कार्कीले आर्थिक वर्ष २०६७/०६८ मा सम्पन्न संघबाट संघको सदस्यहरुको हक, हितको संरक्षण र संवद्र्धनसागसागै जिल्लाको व्यवसायिक क्षेत्र, पर्यटन क्षेत्रका साथै सामाजिक विकासमा टेवा पुग्ने खालका कार्यक्रमहरुलाई वार्षिक प्रगति प्रतिवेदनको रुपमा प्रस्तुत गरेका थिए ।

Posted by Butwalonline on 1:29 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पा उद्योग वाणिज्य संघको ५४ औं साधारण सभा सम्पन्न"

Leave a reply