|

शक्तिशाली भूकम्पबाट,पाँचको मृत्यु, २७ घाइते

दूतावासको  पर्खला भत्कँदा पुरिएको कार । तस्विर : किरण पाण्डे ।
काठमाडौं, असोज १- आज  साँझ गएको शक्तिशाली भुकम्पबाट ५ जनाको मृत्यु भएको छ। काठमाडौंमा ३ र धरान दुई गरी पाँच जनाको मृत्यु भएको हो। २७ जना घाइते भएको गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापन महाशाखाका प्रमुख शंकर कोइरालाले बताएका छन्।

राजधानीको लैनचौरस्थित वेलायती दूतावासको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोर्खा का ३६ वर्षीय साजन श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिषा तथा सिन्धुलीका वीरबहादुर माली छन्। दूतावासको  पर्खला भत्कँदा पुरिएर एउटा कार र एउटा मोटरसाइकललाई पनि क्षति पुगेको थियो।यसैगरि सुनसरीको धरानमा घर भत्किएर बिमल परियार र सन्तोष परियारको ज्यान गएको छ ।

भुकम्पपछि महानगरिया प्रहरीका प्रबक्ता एसएसपी माधव नेपालले दिएको जानकारी अनुसार राजधानीमा २४ जना घाइते भएका छन्। केन्द्रीय कारागार सुन्धारामामा कैदीहरु भागभाग हुँदा दुई जना घाइते भएका छन् ।

मुलुकभर आइतबार साँझ झण्डै डेढ मिनेट भुकम्पको धक्का अनुभव गरिएको थियो। छ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भुकम्प भूकम्पको केन्द्रविन्दु भारतको सिक्किमको सिमा जोडिएको ताप्लेजुङको पूर्वी सिमा रहेको  अमेरिकन भूगर्व केन्द्रले जनाएको छ। आइतबार साँझ ६ बजेर ५ मिनेट जाँदा गएको ६.८ रेक्टस्केलको भुकम्पलाई १९९० साल यताकै सबैभन्दा ठुलो हो मानिएको छ |केन्द्रको रेकर्ड अनुसार सुरु धक्का लगत्तै तीनपटक सम्म एकै ठाउँमा धक्का दिएको थियो। पहिलो पटक भुकम्प गएको ३१ मिनेटपछि पछि ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो भने तेस्रो पटक पनि  त्यही ठाउँलाई केन्द्रविन्दु बनाएर १ घण्टा १४ मिनेटपछि ४ दशमलव ६ रेक्टरस्केलको भुकम्प गएको थियो।

स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 7:25 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शक्तिशाली भूकम्पबाट,पाँचको मृत्यु, २७ घाइते"

Leave a reply