|

त्रिभुवन बहुमुखी क्याम्पसमा विद्युतीय पुस्तकालय,क्याम्पस अत्याधुनिक बन्दै

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, १ असोज

जिल्लाको सबैभन्दा पुरानो र एकमात्र त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा पहिलो पटक विद्युतीय पुस्तकालय सेवा (इलेक्ट्रोनिक लाइब्रेरी) सुचारु भएको छ ।

यस क्याम्पसलाई पाल्पाकै शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सफल क्याम्पसको रुपमा स्थापित क्याम्पस मानिन्छ । क्याम्पसमा वल्डलिंक कनेक्सन मार्फत् दशवटा कम्यूटरलाईलाई नेटवोर्किङ गरेर लाइब्रेरीको सञ्चालनमा ल्याइएको छ । शैक्षिक गुणस्तर वृद्धि गर्न र शिक्षामा आधुनिकता ल्याउनका लागि त्रिभुवन विश्व विद्यालय योजना महाशाखाको ५ लाख सहयोगमा विद्युतीय पुस्तकालय सेवा सुरु गरेको क्याम्पसका सहायक प्रमुख डा.कर्णबहादुर बानियााको बताए । दश ओटा कम्प्युटरबाट विद्युतीय पुस्तकालयको सेवा दिइएको छ । क्याम्पसमा इलेक्ट्रोनिक लाइब्रेरी सञ्चालनमा आएपछि यहाा अध्ययनरत करिब पन्ध्र सय विद्यार्थी लाभान्वित हुने क्याम्पसले जनाएको छ । क्याम्पसमा प्रत्येक दिन विहान ७ बजेदेखि ११ बजेसम्म विद्युतीय पुस्तकालयबाट विद्यार्थीहरुले सेवा लिन सक्नछन् ।

त्रिभुवन बहुमुखी क्याम्पसको गुणस्तर खस्कीरहेको छ भन्ने आवाजहरु आइरहेको समयमा क्याम्पसमा लाइब्रेरी सञ्चालनमा आउनु आाफैमा गैरवको विषय हो भन्नुहुन्छ नेपाल विद्यार्थी संघका विद्यार्थी नेता केशवराज बस्याल । क्याम्पसमा बि.बि.एस. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी नारायण घिमिरे भन्छन् स्थापनाकालदेखि शिक्षा क्षेत्रमा आफ्नो भूमिका नेपालमै चिनाएको क्याम्पसले पछिल्लो समय भने विद्यार्थीलाई राम्रो शिक्षाका साथे सुविधाहरु प्रदान गर्न सकेको थिएन यसले क्याम्पसप्रतिको विद्यार्थीको भावनामा राम्रो छाप कायम गर्नेछ ।

क्याम्पसमा अहिले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु सञ्चालनमा छन् । स्थानमा कालमा कानुन संकायमा पनि अध्ययन अध्ययापन हुने क्याम्पसमा विद्यार्थीको अभावमा कानुन संकाय हटाइएको क्याम्पसका निमित्त प्रमुख युवराज पौडेल बताउाछन् । विद्युतीय पुस्तकालय सेवा संचालनमा आएपछि अनुसन्धान गर्ने विद्यार्थीका लागि अध्ययन गर्न सजिलो हुने भएको छ । विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको लागि अध्ययन अध्यापन कार्य गर्नका लागि आवश्यक साम्रागीहरु यहीबाट प्राप्त गर्न सकिने क्याम्पस प्रमुख युवराज पौडेलले बताए । ५ महिना अघिनै क्याम्पस प्रमुख सन्तोषलाल श्रेष्ठले राजिनामा दिए पनि क्याम्पसमा अझै पनि प्रमुख नियुक्त हुन सकेको छैन ।

क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुले नीजि क्याम्पस सञ्चालन गरेर सरकारी क्याम्पसको पठनपाठनकार्यलाइृ बेवास्ता गरेको महशुस गरेका विद्यार्थीका लागि क्याम्पसको सुविधाहरुमा थप हुनुले विद्यार्थी उत्साहित भएका छन् ।

Posted by Butwalonline on 12:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "त्रिभुवन बहुमुखी क्याम्पसमा विद्युतीय पुस्तकालय,क्याम्पस अत्याधुनिक बन्दै"

Leave a reply