|

जीप दुर्घटना हुँदा ११ जना को

म्याग्दी, आश्विन १ - म्याग्दीको बाबियाचौर–८ रनबाङ खहरेखोलाको उकालीमा आइतबार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ७ जनाको घटनास्थलमै र बाँकीको उपचारकाक्रममा मृत्यु भएको हो । ६ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु भएकामध्ये अहिलेसम्म सहचालक म्याग्दी पुलाचौर निवासी रुपेश रामदामको मात्र सनाखत भएको छ । अन्यको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाबियाचौर–५ लाम्पाटादेखि दरबाङतर्फ जाँदै गरेको ग १ ख २७०४ नम्वरको जिप सडकबाट करिब ३ सय मिटर तल भिरालो पाखोमा खसेको थियो ।

मृतक तथा घाइतेको जिल्ला प्रहरी कार्यालय म्याग्दी, इलाका प्रहरी कार्यालय दरबाङ र अस्थायी प्रहरी पोष्ट बाबियाचौरका प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् ।

पहिरोले बाटो साँघुरो भएकाले जीप चिप्लिएर खसेको सकुशल रहेका चालकले प्रहरीसँग बताएका छन् ।

स्रोत : कान्तिपुर न्युज 

Posted by Butwalonline on 12:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जीप दुर्घटना हुँदा ११ जना को"

Leave a reply