अन्तरजातीय विवाहको कारण भएको हत्याप्रकरणमा छानबिनसुरु
कृष्ण आचार्य, दैलेख,भाद्र ३०-दैलेखको तोली गाविस(२ धनीगाउामा छोराले अन्तरजातीय विवाह गरेको कारण केटी माइती पक्षले खुकुरी प्रहार गरी सेते दमाईको हत्या भएको विषयमा सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित उच्च स्तरीय छानबिन समितिले स्थलगत बस्तु स्थिति जाचबुझ काम सकेको छ ।
गृह मन्त्रालयका सहसचिव बुद्धिबहादुर खड्काको संंयोजक, प्रहरी प्रधान कार्यालयका एसएसपी मनोहर रीमाल र पुनरावेदन अदालत ललितपुरका उप(न्यायाधिबक्ता चन्द्रकान्त खनाल सदस्य रहेको ३ सदस्यीय उच्च स्तरीय छानबिन समितिले ६ घण्टाको पैदल दुरीमा रहेको घटनास्थल दैलेखको तोली गाविस(२ धनीगाउामा हिजो पुगी पीडित र पीडक पक्षसंग भेटेर बस्तुस्थिति जानकारी लिएको थियो ।
छानबिन समितिले घटनास्थलको जानकारी पछि आज जिल्ला सदरमुकाम दैलेख बजारमा बस्तै आएका अन्तरजातीय विवाह गरेका सन्तबहादुर दमाई राजकुमारी शाही, दलित अधिकारकर्मी, पत्रकार र हत्याको अभियोगमा प्रहरी हिरासतमा रहेका ९ जना आरोपीहरुलाई छुट्टाछट्टै भेटेर घटना संवन्धी सूचनाहरु लिएको थियो ।
अन्तरजातीय विवाह गरेका सेते दमाईको छोरा सन्तबहादुर दमाई र भक्तबहादुर शाहीको छोरी राजकुमारी शाही अहिले पनि असुरक्षित रहेको, सेते दमाईको हत्यमा संलग्न दोषी माथि कार्वाही प्रक्रिया फितलो हुन लागेको र जातीय भेदभावको कारण सो घटना भएकोले राहत तथा क्षतिपूर्तिको लागि व्यवस्थापिका संसदमा कुरा उठेपछि उच्च स्तरीय छानबिन समिति गठन भएको हो ।
