पर्यटन विकासका लागि अन्तरक्रिया
कृष्ण आचार्य, दैलेख,भाद्र ३०-गायनकला मार्फत पर्यटन विकासलाई सघाउ पुर्याउन सकिने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । रेडियो धु्रवतारा सामुदायिक एफ.एम.दैलेखले आज जिल्ला विकास समितीको हल दैलेखमा आयोजना गरिएको “पर्यटन वर्ष २०११ मा दैलेख जिल्लाले गरेको अभ्यास र धु्रवतारा एफ.एम.दैलेखले शुरु गरेको पश्चिम नेपाल Singing Star को भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो वताएका हुन । पर्यटन वर्ष २०११ लाई सघाउ पुर्याउन र दैलेख जिल्लामा रहेका सास्कृतिक तथा धार्मीक सम्पदाहरुको प्रचार प्रसार गरी दैलेख जिल्लालाई विश्वभर चिनाउने उद्देश्यले ध्रुवतारा एफ.एम. दैलेखले पश्चिम नेपाल Singing Star को आयोजना गर्न लागेको हो ।
