|

भिषण भूकम्पका कारण मर्नेको संख्या नौ पुग्यो

 काठमाडौ,२ असोज-आइतबार साँझ गएको भूकम्पका कारण भएको मानवीय क्षतिको थप विवरण आउने क्रम जारी छ ।भूकम्पका कारण भक्तपुर र धनुटामा गरी थप तीनजनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पका कारण होस गुमाएकी भक्तपुर गठ्ठाघरकी ६५ वर्षीया बृद्धा लीला पौडेलको गएराति उपचारका क्रममा ज्यान गएको हो । गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा उनको राति मुत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । यस्तै घर भत्किएर पुरिँदा धनकुटा फलाँटे-५ की ४० वर्षीया मधु कार्की र सुनसरी हरिपुर-१ की ५० रव्षीया पवित्रादेवी मण्डल भुइँचालोले घर भत्कँदा घाइते भएकामा सोमबार उपचारका क्रममा मुत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।अहिले सम्म भूकम्पका कारण मर्ने हरुको संख्या  नौ पुग्यो |

भूकम्पले भारतको सिक्किमा ७, दार्जिलिङमा ३ बिहारमा २ र सिलिगुडीमा एक गरी १३ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का राजधानी नयाँ दिल्लीसहित आसाम मेघालय, त्रिपुरा, पश्चिम बंगालका साथै भूटान र बंगालादेशका केही क्षेत्रमा सेमत महसुस गरिएको थियो ।

स्रोत :ओनलाइन  खबर

Posted by Butwalonline on 1:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भिषण भूकम्पका कारण मर्नेको संख्या नौ पुग्यो"

Leave a reply