कार्यसम्पादनमा बराङ्दी गाविस दोस्रो, युवाद्धारा गाविस सचिवलाई सम्मान
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, १८ भदौ
गाउँ विकास समिति राष्टिय महासंघ नेपालद्धारा आर्थिक वर्ष २०६६÷०६७
मा सम्पादन गरेका कार्यका आधारमा अनुकरणीय कार्यगर्ने गाउँ विकास समिति
छनौटका लागि गरिएको प्रतिस्पर्धामा बराङ्गदी गाउँ विकास समिति पाल्पाले ने
पालमै दोस्रो स्थान हासिल गरेको छ ।
महासंघले प्रोत्साहन स्वरुप बराङ्दी गाउँ विकास समितिलाई नगद
अनुदान ३५ हजार रुपैयाँ सहित गाविस सचिव लेखनाथ अर्याललाई नगद सात हजार
पाँच सय रुपयाँ प्रदान गरेको छ । प्रतिस्पर्धामा मकवानपुर जिल्लाको सिरपुर
छतिवन गाविस पहिलो र बाँकेको जयसपुर गाविस तेश्रो भएको हो ।
यता युवा सशक्तिकरण तथा खेलकुद विकास समिति बराङ्गदी पाल्पाले गाविस
दोस्रो स्थानमा पर्नुमा सचिव र स्थानीय राजनीतिक दलको मुख्य हात रहेको
भन्दै एक कार्यक्रमका बिच सम्मान गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला
विकास समिति पाल्पाका टुकराज पाण्डेले युवाहरु भोलिका भविष्य हुन्, उनिहरुले
चाहेमा जस्तो सुकै कठिन कार्यपनि गर्न पछि नपर्ने बताए । कार्यक्रममा संयो
जक दयाराज न्यौपानेले युवा वर्ग गाउँका प्रत्येक क्रियाकलापमा प्रत्यक्ष रु
पमा सहभागि भएको र गाउँका विकास निर्माण प्रक्रिया सहज रुपमा सबैको प्र
त्यक्ष संलग्नतामा सम्पन्न हुँदै आएका बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरु पत्रकार यज्ञमूर्ती तिमिल्सेना, सामाजिक स्र
ोत विकास केन्द्रका बिष्णु पाण्डे र राजनीतिक दल व्यक्तिहरुले गाउँका प्रत्ये
क व्यक्तिहरुको सहयोगले गाउँ विकासका प्रत्येक योजनाहरु सम्पन्न भैरहे
का बताउँदै राजनीतिक दलहरुलाई गालि गर्ने परिपाटी बसेको अवस्थामा यो
गाविसमा राजनीतिक दलको सहभागितामा कार्यहरु सम्पन्न भएको भन्दै कार्यको
सरहना गरेका थिए ।
युवा सशक्तिकरण तथा खेलकुद विकास समितिले भाद्र १६ र १७ गते
गाउँका युवाहरुलाई प्रस्तावना लेखन तालिम दिएको छ । टुकराज पाण्डेको
प्रशिक्षकत्वमा सम्पन्न कार्यक्रममा प्रस्ताव लेखन सीपका बारेमा प्रशिक्षण
दिइएको थियो । परियोजना, प्रस्ताव एवं आर्थिक प्रस्तावका विभिन्न विषयवस्तुमा
तालिम प्रदान गरिएको हो ।
कार्यक्रम युवा सशक्तिकरण तथा खेलकुद विकास समितिको आयोजना बर
ाङ्दी गाउँ विकास समितिको सहयोगमा सम्पन्न भएको हो । दयाराज न्यौपाने
को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुदिप बस्यालले सञ्चालन गरेका थिए ।
Posted by Journalist Mukti
on 6:57 AM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response