पाल्पा बारले परम्परा तोड्यो
माधब आर्यल ,पाल्पा १ भदौ । बार र वेन्चबीच बढ्दै गएको असमझदारीका कारण पाल्पा बारले यहाबाट सरुवा भई गएका न्यायधिस हरीप्रसाद बगालेलाई विदाई समेत गरेनन् ।
सरुवा भएर आउने न्याधीसको स्वागत र सरुवा भई जाने न्याधीसलाई विदाई गर्ने पाल्पा बारको पुरानो परम्परा यस पटक तोडिएको हो । बारस्रोतका अनुसार उनको निजी वकिललाई हेर्ने दृष्टिकोण गलत भएकाले विदाई नगरिएको हो ।
नेपाल बार एशोसियसन जिल्ला अदालत ईकाई पाल्पाले न्यायाधीस बगालेले कानून व्यवसायीहरुलाई प्रेरणा दिनुका सट्टा निरुत्साहीत गर्ने, मुद्दाका पक्षसंग फैसला गर्ने मैले हो किन वकील चाहियो ? भनी भड्काउने जस्ता कार्य गर्ने गरेका हुन् । अदालतमा बैतनिक वकिल नियुक्ति गर्ने क्रममा बारको सिफारीसलाई अस्वीकार गर्ने जस्ता काम गरेकोले न्यायधीस बगालेलाई विदाई नगरिएको बारले जनायो ।
मुद्दाको पेशी हटाउने विषयमा विवाद हुदा यस अघि जिल्ला अदालत पाल्पाको ईजालासमै वकिल र न्यायाधीस वीच मै झगडा समेत भएको थियो । न्याय परिषदले यस अघि गरेको सरुवामा परेका न्यायधिस वगाले पाल्पाबाट सिन्धुलीका लागी सरुवा भएका हन । बगाले विहिवार नै सिन्धुली गए ।