|

६ महिनामा उठाउने लक्ष्य लिएको राजस्व एकै महिनामा असुली

कृष्ण आचार्य,दैलेख, २ भदौ । दैलेखको नारायण नगरपालिका कार्यालयले अघिल्लो वर्ष ६ महिनामा उठाउने गरेको आन्तरिक राजस्व यस पटक चालू आर्थिक वर्षको पहिलो एक महिनामै असुलेको छ । यस आर्थिक वर्षको पहिलो महिना साउन १ गतेदेखि ३२ गतेको अवधिमा २ लाख १३ हजार ८ सय ७३ रुपैंयाा ९ पैंसा राजस्व असुलेको नारायण नगरपालिकाका कार्यकारी अधिकृत गगनबहादुर बिकेले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिनु भयो ।  नगरपालिका कार्यालयले करदाताहरुलाई उत्प्रेरणा दिइएको र दर्ता नभई संचालन भइरहेका व्यापार व्यवसाय स्वायत्त शासन ऐन अनुसार अनिवार्य रुपमा दर्ता हुनु पर्ने भनी बजार अनुगमनको क्रममा सचेत गराएको कारण यो प्रगति भएको हो । २०५३ मा गठित नगरपालिकाका ९ वटा वडा मध्ये अझै २ वटा वडामा बिधुतीकरण गर्न बााकी रहेको, जिल्ला सदरमुकाम रहेको नगरपालिका भित्र हालसम्म एउटा पनि सार्वजनिक शौचालय नभएको, खानेपानी र सडक बिस्तारको प्रमुख समस्या भए पनि यी पूर्वाधार निर्माणका लागि राष्ट्रिय योजना आयोगले आफ्ना योजनामा पारिसकेको कार्यकारी अधिकृत बिकेले बताउनु भयो ।फोहोर व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण, प्लास्टिक रहित र खुला दिशा मुक्त नगरपालिका वनाई पर्यटीकय आकर्षणको सहर बनाउने नारायण नगरपालिकाको योजना रहेको जानकारी दिइएको छ । 

Posted by Butwalonline on 11:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "६ महिनामा उठाउने लक्ष्य लिएको राजस्व एकै महिनामा असुली"

Leave a reply