घाँटीको शल्यक्रिया गर्नु पर्नेमा पाठेघर काटेर फालियो
२६ साउन, काठमाडौं । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा घाँटीको शल्यक्रिया गर्न गएका विरामीको पाठेघर काटेर फलिदिएका छन् ।
स्त्री रोग विशेषज्ञ जितेन्द्र परियार सहितका चिकित्सकको टोलीले बिहीबार थाइराइडको उपचार गराइरहेकी रूपन्देहीको शंकरनगर ३ की ३२ बर्षीया धनकुमारी बोहराको घाँटीको शल्यक्रिया गर्नु पर्नेमा पाठेघरको शल्यक्रिया गरेका हुन् ।
अस्पतालले चार घण्टा लगाएर बोहोराको शल्यक्रिया गरेको थियो । उहाँको चार महिना अघि पनि सोही अस्पतालमा घाँटीको शल्यक्रिया गरिएको थियो ।अस्पतालमै उपचाररत केशमाया गुरुङको भने पाठेघरको शल्यक्रिया गर्नु पर्ने थियो । आफूहरुले पाठेघरको होइन घाँटीको शल्यक्रिया गर्नु पर्ने हो भन्दा भन्दै चिकित्सकले पाठेघर काटेर फालिदिएको पिडितका आफन्तहरुले बताएका छन् ।
पिडित धनकुमारीका काका पुर्णबहादुर खत्रीले भने जितेन्द्र परियार सहितका चिकित्सकको लापरवाहीले घट्ना घटेको आरोप लगाउँदै दोषिमाथी कारवाही हुनु पर्ने बताउनु भयो ।
घटनालगतै बसेको अस्पतालको आकस्मिक बैठकले निमित्त कार्यकारी निर्देशक समेत रहेका डा. भोली रौनियारको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
अस्पतालले गल्ति स्वीकार गर्दै मानबिय गल्ती भएको यसबारे अनुसन्धान गर्ने र सम्पूर्ण उपचार खर्च बेहोर्ने अस्पतालको नाक कान घाँटी रोग विभागका प्रवक्ता तेज कुमार गौतमले जानकारी दिनुभयो ।
घट्नाका बारेमा अनुसन्धान भइरहेको भन्दै शल्यक्रियामा सहभागी चिकित्सकको नाम गोप्य राखिएको छ । पिडित बोहराको अहिले क्यान्सर अस्पतालकै आईसियुमा उपचार भइरहेको छ । घटना सार्बजनिक भएपनि केहिबेर तनाब ग्रस्त बनेको अस्पताल अहिले सामान्य बनेको छ ।
साभार :अनलइनखबर