|

गजल

मैले पनि माया मारे तिम्ले माया मारे पछि
चोखो माया गर्दा पनि विच् मै एक्लो पारे पछि।

सयौं जुनी संगै हुने वाचा कसम् विर्सिएर
यो मनका सवै रहर् कोपिला मै झारे पछि।

फुलै फुल् को संसार दिने प्रलोभन देखाएर
कांडे तार् को वार् लगाई त्यो मन् लाई वारे पछि।

सोध्दा खेरी साथी हरु तेरो माया के भो भन्दै
तर्काउदै कुरा मोडी त्यत्तिकै मा टारे पछि।

संझनाका चिनो हरु फ्यांकि दियौ दोवाटो मा
तिम्रो नाथे फिस्टे मन् मा अर्को कोहि चारे पछि।

२०६८/०४/२६
अशोक गौतम क्षितिज

Posted by Anonymous on 12:29 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply