विपद् पूर्व तयारी तथा कार्य योजना बैठक सम्पन्न
मुक्तिप्रसाद न्यौपाने,साउन २६,- पाल्पा जिल्ला दैवि प्रकोप उद्धार समितिको आयोजनामा प्राकृतिक प्रकोप तथा विपद पूर्व तयारी प्रतिकार्य योजना बैठक नेपाल रेडक्रस शाखा पाल्पामा सम्पन्न भएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी टिकाराम शर्मा घिमिरेले अध्यक्षतामा सम्पन्न बैठकले आगामी आर्थिक वर्षका लागि जिल्लामा दैविप्रकोप न्यूनिकरण गर्नको लागि सञ्चालन गर्ने कार्ययोजना तयार गरेको छ । समन्वयात्मक कार्यदल मार्फत् कार्यक्रमहरु सञ्चालन गरिने गरि आठ ओटा क्लस्टर निर्माण गरिएको छ । कार्यक्रमले साझेदार निकायहरुको ध्यानाकर्षण गराउनुका साथै प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धार, खाद्यवस्तु वितरण र अस्थायी आवासको विषयमा पनि छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला अधिकारी घिमिरेले विकास र विनास चक्रको रुपमा घुमिरहने हुादा विकास निर्माण गर्दानै विपद्का विषयमा ख्याल गर्न सकेमा पनि विपद्मा न्यूनिकरण हुनसक्ने बताए । प्रकोपको असर र यसबाट बच्ने उपायहरुको बारेमा सबैमा ज्ञान दिन सकेमा पनि प्रकोपको क्षती कम हुने कुरामा घिमिरेको जोड थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सामुदायिक प्रशिक्षक नगेन्द्र अर्यालले रेडक्रस जिल्ला शाखाले आर्थिक वर्ष २०६७/६८ मा ३१३ घरपरिवारलाई खाद्यान तथा गैरखाद्य वस्तुहरु वितरण गरिएको र पाल्पा जिल्ला विकास समितिले गएको आर्थिक वर्षमा २ लाख ३९ हजार ३ सय तीस रुपैयाा आगालागी र घर भत्किएकाहरुलाई विवरण गरिएको अर्यालले बताए । विद्यालयमा आधारित विपद जोखिम न्यूनिकरण कार्यक्रमको कोष खडा गरिएको र जसमा १ लाख २५ हजार बराबर रकम जम्मा भएको अर्यालले जानकारी दिएका थिए ।
नेपालमा हरेक वर्ष १ हजार बढी मानिसहरुले विपद्मा परेर ज्यान गुमाउने गरेका छन् । धेरैले आगालागी, पहिरो, हावाहुरी, चट्याङ आदिका कारण ज्यान गुमाउने गरेका कारण पूर्व जानकारी सबैलाई दिनुपर्ने कुरामा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा पाल्पा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम कृष्णप्रसाद अर्यालको स्वागत मन्तव्य र टिकाराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।