|

बलतकृत बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगियो


कृष्ण आचार्य, दैलेख,भाद्र ५-दैलेख गणेशचौककी बलात्कृत  बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । बालिकाको आँखा, दाहिने गाला र घाँटी थिचिएको छ भने योनीबाट रगत बगिरहेको छ । पीडित बालिका आज बिहानबाट होसमा आएकी छिन् । आफन्तका अनुसार भेरी अञ्चल अस्पतालको इमरजेन्सी कक्षमा उनको उपचार भईरहेको छ । नारायण नगरपालिका–१ कुइकानाका २१ वर्षीय केशव केसीले ती बालिकालाई हिजो ललाईफकाई नजिकैको जंगलमा लगी बलात्कार गरेका थिए । बलात्कारपछि भागेका केसीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । अभिुक्त केसी हाल प्रहरी नियन्त्रणमा छन् ।

Posted by Butwalonline on 5:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बलतकृत बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगियो"

Leave a reply