स्व.दर्नालको शव ल्याउने प्रयास अझै जारी
विनोद परियार,बुटवल,भाद्र १ -रेडियो जागरणको संचालक संस्था जागरण मिडिया सेन्टरका संस्थापक सुभाष दर्नालको द:खद निधनमा रेडियो जागरणले तीन दिन नियमित प्रशारण बन्द गरि शोक धुन बजाएर शोक जनाएको छ ।
मंगलबार बुधार र (विहिबार) हिजोसम्म रेडियो जागरणले नियमित प्रशारण बन्द गरि शोक धुन मात्रै बजाएको थियो । आजबाट भने समाचार,नियमित कार्यक्रम प्रशारण हुने भएको छ । दलित अगुवा एंव संस्थाका संस्थापक सुभाष दर्नालको निधनप्रति गहिरो दु:ख ब्यक्त गर्दै रेडियाले शोक पुस्तिका राखेर शोक जनाएको छ । दर्नालको निधनले सिंगो दलित आन्दोलन र नेपाली संचार जगतमा नै क्षति पुगेको भन्दै संचालक समतिको बैठक बसि शोक मनाउने निर्णय गरेको थियो ।
रेडियो स्थापनाको लागि पहलकदमी गरेका दर्नालको सोमबार अमेरीकामा कार दुर्घटनामा परि दु:खद निधन भएको थियो । विस २०३७ साल जेठमा लुम्बिनी अंचलको पाल्पा मुझुङमा जन्मिनुभएका स्व. दर्नालको श्रीमति सरिता परियार र दुई बर्षकी छोरी हुनुन्छ । आईतबार मात्रै नेपालबाट क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्व विद्यालयमा समर रिसर्च फेलोको रुपमा अध्ययन गर्न अमेरीका जानुभएको दर्नालको अझैसम्म पनि शव नेपाल ल्याईएको छैन । अमेरेकी प्रहरीले घटनाको बारेमा अनुसन्धान भईरहेको र प्रकृया चलिरहेकाले शव ल्याउनमा ढिलाई भएको हो ।
यसैविच दर्नालको निधनप्रति विभिन्न दलित अधिकारबादी संघ संस्थाहरुले दु:ख ब्यक्त गरेका छन् । दलित पत्रकार संघ रुपन्देही,दलित विद्यार्थी मंच रुपन्देहीले युवा पत्रकार एंव अधिकारकर्मिको निधनले मर्माहत बनाएको भन्दै स्व.दर्नालको परिवारप्रति समवेदना प्रकट गरेका छन् । यता रेडियो जागरणले राखेको शोक पुस्तिका श्रदान्जली दिनेक्रम चलिरहेको छ ।