|

अनिश्चितकालिन यातायात बन्दका कारण जनजिवन प्रभावित

विनोद परियार,बुटवल,भाद्र १ - सरकारले आफ्ना माग पुरा नभएको भन्दै यातायात बन्द गरेर ब्यवसायिहरु  आन्दोलनमा उत्रेपछि रुपन्देही सहित लुम्बिनी अंचलको जनजिवन प्रभावित भएको छ । घोषित आन्दोलनको कार्यक्रम अनुसार यातायात ब्यवसायिहरुले हिजोदेखि अनिश्चितकालिन यातायात बन्द गरेर आन्दोलनमा उत्रेका हुन् ।यातायात ब्यवसायिहरुले यातायात बन्द गरेपछि भारतबाट नेपालका आएका यात्रुहरु भैरहवामा अलपत्रमा परेका थिए । त्यस्तै बुटवल,परासी,तौलिहवा,पाल्पा,गुल्मि अर्घाखाचीमा समेत गाडि ठप्प भएका छन्  मोटरसाईकल र निजि गाडिहरु संचालन भएपनि अधिकांश यात्रुहरु भने अलपत्रमा परेका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महांसघ,नेपाल ट्रक टयाङकर तथा परिवहन ब्यवसायि महासंघ,ढुवानी ब्यवसायि महासंघ नेपाल र नेपाल पेट्रोलियम ढुवानी ब्यवसायि महासंघ विहिबारदेखि आफ्ना यातायातका साधन ग्यारेज र घरमै थन्काएर  आन्दोलनमा उत्रेका छन् ।लुम्बिनी अंचल संघार्ष समतिका संयोजक डिल बहादुर ढुङगानाले केन्द्रमा हिजो भएको वार्तामा कुनै पनि सहमति नभएकाले आन्दोलन लम्बिने बताउनुभयो  । उहाले शान्ति पुर्ण आन्दोलनमा सरकारले मागको सुनुवाई गर्नुको साटो मजदुरहरुलाई पक्राउ गरेको जनाउदै यातायात बन्दको कार्याक्रम यथावत रहेको जानकारी दिनुभयो ।ब्यवसायिहरुले डिजेलको मुल्य ५७ रुपियाँ हुदा कायम गरिएको सार्वजनीक सवारी सधानको भाडा ७३/५० रुपियॉ पुग्दा पनि बृद्धि हुन नसकेको भन्दै सवारी साधनका सबै तत्वलाई हेरी वैज्ञानिक भाडादर निर्धारण गर्न सरकारसंग माग गरेका छन् ।यहि साउन १७ देखि ब्यवसायिहरुले भाडा बृद्धि संगै विभिन्न ४१ सुत्रिय मागहरु अगाडि सार्दै आन्दोलन शुरु गरेको थियो ।



Posted by Butwalonline on 5:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अनिश्चितकालिन यातायात बन्दका कारण जनजिवन प्रभावित"

Leave a reply