सहमित नहुदा नेपालको अर्थतन्त्र उकासीन नसकेको-अर्थमन्त्री
विनोद परियार,बुटवल,भाद्र १ -कामचलाउ सरकारका उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले मुलुकको अर्थतन्त्र उकास्न कम्तीमा पांच वर्षका लागि आर्थिक एजेण्डामा राष्ट्रिय सहमति गर्नुपर्ने बताउनुभएको छ । मुलुकको राजनीतिक अस्थिरताले देशको अर्थतन्त्र बिग्रदैं गएकोमा चिन्ता व्यक्त गर्दै उहांले आर्थिक एजेण्डामा पांच वर्षका लागि दलहरुबीच राष्ट्रिय सहमति बने अर्थतन्त्रमा कायापलट आउने बताउनुभयो । यसरी बन्ने राष्ट्रिय सहमतिमा आफू सल्लाहकार बन्न तयार रहेको अर्थमन्त्रीको भनाई छ ।
अर्थमन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्वारा सञ्चालित युवा स्वरोजगार कार्यक्रम अन्तर्गत मिसन डेभलपमेन्ट बैंक बुटवलले हिजो बुटवलमा आयोजना गरेको युवा स्वरोजगार सम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै अर्थमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।
एक महिनाअघिसम्म मुलुकको अर्थतन्त्र संकटमा रहेपनि सरकारले समयमै बजेट ल्याएकाले अर्थतन्त्रमा सुधार आएको उहांले दावी गर्नुभयो । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुंदा ल्याएको युवा स्वरोजगार कार्यक्रमले हालसम्म निरन्तरता पाएको र अवका अर्थमन्त्रीले पनि यसलाई निरन्तरता दिनुपर्नेमा उहांले जोड दिनुभयो । कार्यक्रममा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा.डिल्लीराज अर्याल,बैंकका अध्यक्ष वासुदेव घिमिरे प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष शंकर श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष लिला गिरी, एमाओवादीका बेलप्रसाद पौडेल, कांग्रेसका शैलेन्द्रकुमार अधिकारी लगायतले बोल्नुभएको थियो ।