|

सिटिईभिटि लाई तीन दिने अल्टिमेटम

विनोद परियार,बुटवल,भाद्र १ -खिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले रुपन्देहीमा संचालित सिटिईभिटि अन्तर्गतका नर्सिङ र मेडिकल कलेजहरु  मापदण्ड विपरित संचालन भएको आरोप लगाउदै तीन दिने अल्टिमेटम दिएको छ ।

विना आधार अवैज्ञानिक ढङगले शुल्क बृद्धि गरेको, सिटिईभिटि र नेपाल नर्सिङ काउन्सिलको न्यूनतम मापदण्ड पनि पुरा नगरेको जनाउदै तत्काल मामदण्ड पुरा गरि शुल्क घटाउन माग गर्दै तिन दिनको अल्टिमेटम दिएको हो । अनेरास्ववियू रुपन्देहीले हिजो बुटवलमा पत्रकार सम्मेलन गरि जिल्लाका सिटिईभिटी अन्तर्गतका कुनै पनि नर्सिङ र मेडिकल कलेज न्यूनतम मापदण्डा पनि पुरा नगरेको जनाएको छ । उसले नौ सुत्रिय माग अगाडि सार्दै शनिबारसम्ममा कलेजहरुले मापदण्ड अनुसार शुल्क निर्धारण र कलेजहरुको भौतीक संरचना सेवा सुविधा तय गर्न अल्टिमेटम दिएको छ । एक सय शैयाको आफ्नै अस्पताल हुनुपर्ने मापदण्ड भएपनि विद्यार्थीहरुलाई भ्रममा पारेर अन्य निजि अस्पताललाई भाडा तिरेर ओजिटि गराएको,पाठ्यक्रम अनुसार शिक्षक नभएको,योग्यता नपुगेका संचालक समिति र शिक्षक राखिएको,भर्ना प्रकृया र छात्रबृत्ति वितरणमा अनिमितता गरेको, विद्यार्थीहरुलाई मेस संचालन गर्न नदिएको,होस्टल असुरक्षित रहेको भन्दै यस्ता कार्य रोकी कलेजहरुलाई मापदण्डमा ल्याउन माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियूका केन्द्रिय सचिवालय सदस्य बाबुराम पन्थीले रुपन्देहीका आठ वटै नर्सिङक कलेजहरुले न्यूनतम मापदण्ड पनि पुरा नगरेकाले संचालकहरुलाई अल्टिमेटम दिएको जानकारी दिनुभयो । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र सम्बन्धन प्राप्त निकायको निर्देशिका अनुसार संचालन नभएको उनीहरुको अरोप छ । तर नर्सिङ संचालकहरुले भने नियमसंगत नै कलेजहरु संचालन गरेको दावी गर्दै आएका छन् ।

Posted by Butwalonline on 6:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिटिईभिटि लाई तीन दिने अल्टिमेटम"

Leave a reply