|

नवलपरासीका ६१ वटा विद्यालय बालमैत्री विद्यालय घोषणा

विनोद परियार,बुटवल,भाद्र १ -नवलपरासीका पिछडीएका र अतिविकट गाविसका ६१ वटा विद्यालय बालमैत्री विद्यालय घोषणा गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा वेस नेपालले १० गाविसको १८ वटा विद्यालय र युनिसेफको डकाउ कार्यक्रमको सहयोगमा २३ गाविसका ४३ वटा विद्यालय गरी ६१ वटा विद्यालय बालमैत्री विद्यालय घोषणा भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा कार्यालयसंगको सहकार्यमा वेश नेपालले जिल्लामा १८ वटा विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरेको हो भने युनिसेफले पनि जिल्ला शिक्षा कार्यालयसंगको समन्वयमा २३ वटा विद्यालयका ४३ वटा विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिएको हो ।

बालमैत्री विद्यालयमा विद्यालय क्षेत्रभित्र रहेका हरेक ट्वाइलेट, धारा, कालोपाटी जस्ता चिजमा बालबालिकाको पहुच हुने गर्दछ । त्यसैगरी बालमैत्री विद्यालयमा बालबालिकालाई हप्काई, दब्काई नगरी बालबालिकाको मनोभावना बुझेर अध्ययन अध्यापन गराइने गर्दछ । पछ्यौटेपन उन्मुलन समाज वेश नेपालका कार्यक्रम संयोजक तुलसी गौतमका अनुसार वेश नेपालले बालमैत्री कार्यक्रम अन्तरगत नवलपरासीका त्रिवेणीसुस्ता, सोमनी, पक्लिहवा, जमुनिया, गुठीप्रसौनी, गुठी सुरजपुरा, धौवादी, नरम, जौवारी र मिथुकरममा १८ वटा विद्यालयलाई वालमैत्री विद्यालय घोषणा गरेको हो ।

 

Posted by Butwalonline on 6:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीका ६१ वटा विद्यालय बालमैत्री विद्यालय घोषणा"

Leave a reply