दैलेखको पगनाथमा एक व्यवारीसे सव
कृष्ण आचार्य, दैलेख,साउन ३०-दैलेख सदरमुकाम बाट पूर्वमा पर्ने पगनाथ गाउ विकास समिति वडा नं. ५ निवासी बले कामीको छोरा ७३ बर्षिय गोरे कामीको वेवारिस अवस्थामा शव भेटिएको छ । आज विहान ६ वजे पगनाथ गाविस वडा नं. ३ को खुरखुरे जंगलमा बाटो देखि १०० मिटर तल स्थानिए वासीन्दाले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतको ज्याकेटमा नगद रु २ हजार १० रुपैया र नागरिकताको प्रमाण पत्र भेटाएकाले पहिचान गर्न सहज भएको हो । शव स्याल र चिलले खाएर क्षेद विक्षेद अवस्थामा फेला परेकाले एक हप्ता अगाडी नै मृत्यू भएको हुन सक्ने वताईएको छ । प्रहरी टोली अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दैलेख ले जानाकारी दिएको छ ।