१२ महिनानै सिचांईको सुविधा पाएपछि किसानहरु उत्साहित
विनोद परियार,बुटवल,भाद्र १-पाल्पाको खानीगाउ ६ दैलातुङ्ग किसानहरुले १२ महिना सिचांईको सुविधा पाएपछि उत्साहित बनेका छन् । मुस्किलले २ वाली खेती गर्दै आएका किसानहरुले सिंचाईको सुविधा पछि बेमौशमी तरकारी खेती पनि गर्न थालेका छन् ।
करिब ६० लाखको योजना र स्थानिय जनताको ७ लाख बराबरको जनश्रमदानबाट यम्घाको गोहोदी खोलाबाट २५ सय मिटर लामो कुलो निर्माण दैलातुङ्गमा सिचाई सुविधा पुगेको हो । योजनाबाट करीब १ सय ५० घरपरिवार किसानहरु लाभान्वित भएका छन् । चाहिएको बेलामा सिचाई सुविधा भएपछि अन्य खेती तथा तरकारीमा उत्पादनमा समेत किसानहरुको रुची बढेको कुलो निर्माण समितिका अध्यक्ष यज्ञमुतिए खरालले बताउनुभयो ।
सिचाई सुविधासंगै जिल्ला कृषि विकास कार्यालय पाल्पाले उन्नत तरिकाबाट खेती गर्नेका लागी किसानलाई प्रविधि तथा बिऊमा सहयोग समेत गरेको छ । किसानहरुले आलु, प्याज, बन्दा, काउली, टमाटर, काक्रा जस्ता तरकारी र उन्नत तरिकाले अन्उ खेती पनि गर्ने थालेका छन् । पानी वितरणको प्रणाली पनि सबै किसानहरुलाई वराबर जाने गरेर ३ वटा कलबर्ट पनि निर्माण गरेका छन् ।