अत्यधिक घरभाडा बृद्धीले समाजमा चर्को समस्या
विनोद परियार,बुटवल,भाद्र १ -बुटवल भैरहवा लगाएतका शहरबजार र शहर उन्मुख ग्रामिण क्षेत्रमा समेत ब्यबसायीहरुको ढाडै सेक्ने गरि अत्यधिक भाडा बृद्धीले समाजमा चर्को समस्या निम्ताएको भन्दै नेपाल घरभाडा सरोकार संघ, रुपन्देही जिल्ला समितिले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
हिजो अपरान्ह बुटवलबाट संघका अध्यक्ष संजिव श्रेष्ठको नेतृत्वमा गएको एक टोलीले बेलाबेलामा हुने गरेको घरबेटी र भाडावाला बिचको तनाव कमगर्ने उद्धेश्यले स्थापित संघले समयानुकुल बैज्ञानिक भाडादर कायम गर्ने लगाएतका मागहरु सहित ज्ञापन पत्र पेश गरेका हुन । ज्ञापन पत्रमा घरभाडा लिने र दिने बिचको समस्या समाधान गर्न तत्काल सरकारले अधिकार सम्पन्न राष्ट्रिय घरबहाल निर्धारण आयोग गठन गर्नुपर्ने मागलाई जोडदार रुपमा उठाईएको छ ।
पत्रमा अत्यधिक घर भाडा बृद्धिले गर्दा ब्यवसायीहरु बिस्थापित हुने अबस्थामा पुगेको, कानुनको अभावमा घरधनिको एकाधिकार र कठोर निर्णयहरु सहनु परेको, एक आपसमा असमझदारीका कारण झैझगडा भै सामाजमा सद्भाव बिथोलिने संभावना बढेको आदी बिभिन्न समस्या र चुनौतीलाई समाधान गर्न आबश्यक निति निर्माण र कार्यान्वयनका लागि सरकार संग आग्रह गरिएको छ ।