साउन २८ मा राजीनामाः दाहाल
काठमाडौ, श्रावण २१ - प्रमुख सत्ता साझेदार माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया अघि बढे पनि नबढे पनि साउन २८ मा प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिने निश्चित भएको बताएका छन् ।
सिंहदरबारस्थित शान्ति मन्त्रालयमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच शुक्रबार बिहान भएको छलफलमा माओवादी अध्यक्ष दाहालले पाँच बुँदे सहमति कार्यान्वयनका लागि राजीनामा अनिवार्य भएकाले यो विषय शान्ति प्रक्रियासँग मात्र नजोडिने बताएका हुन् ।
'प्रधानमन्त्रीले समय तोकेरै शान्ति प्रक्रिया अघि नबढे राजीनामा दिन्छु भन्नुभएको छ । शान्ति प्रक्रिया अघि बढे पनि राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि उहाँले राजीनामा दिनैपर्छ,' माओवादी अध्यक्षको भनाइ उद्धृत गर्दै एक एमाले नेताले भने, 'प्रधानमन्त्रीको राजीनामा निश्चित भइसकेको छ, त्यसैले सहमतिको सरकार निर्माणका लागि पहल सुरु गर्नुपर्छ ।'
अध्यक्ष दाहालले शान्ति, संविधान र सरकारका विषयमा प्याकेजमै सहमति कायम गर्नुपर्ने प्रस्ताव राखेका हुन् । छलफलमा तीन दलका शान्ति प्रक्रियामा संलग्न नेताहरू, माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिका सदस्य र सचिवालय संयोजक बालानन्द शर्मासमेतको उपस्थिति थियो । 'प्रचण्ड -दाहाल) जीले साउन २८ मा प्रधानमन्त्रीले राजीनामा दिने बताउँदै राष्ट्रिय सहमतिको सरकार निर्माणबारे छलफल अघि बढाउन प्रस्ताव गर्नुभयो,' कांग्रेस नेता मिनेन्द्र रिजालले भने, 'सहमतिको सरकारबिना शान्ति प्रक्रिया र संविधान निर्माण अघि नबढ्ने भएकाले सबै दलले आन्तरिक छलफल गरी संस्थागत निर्णयसहित आइतबार फेरि बैठक गर्ने सहमति भएको छ ।'
माओवादी नेता जनार्दन शर्माले पनि शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढाउन पहिलेकै सहमतीय पद्धतिमा र्फकन अध्यक्ष दाहालले जोड दिएको बताए । 'विगतमा सहमतिय पद्धति तोडेकाले शान्ति र संविधानको विषयमा अगाडि बढ्न सकेन । त्यतिबेला संविधानमै व्यवस्था भएको सहमतिय पद्धति तोड्न को बढी जिम्मेवार थिए, त्यसको समीक्षा इतिहासले गर्ने छ,' दाहाललाई उद्धृत गर्दै शर्माले भने, 'फेरि पनि विगतको जस्तै सहमतीय पद्धतिमै अघि बढ्नुको विकल्प छैन । त्यसका लागि सबै दल जिम्मेवार भएर अघि बढ्नुपर्छ ।' बैठकको सुरुमै प्रधानमन्त्री खनालले शान्ति प्रक्रियामा प्रगति नभए साउन २८ मा मार्गप्रशस्त गर्न आफू तयार भएको बताएका थिए । त्यसपछि कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिको कुरा भाषणमा नभई व्यवहारमै कार्यान्वयन गर्न र त्यसका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने धारणा राखेको एक सदस्यले बताए ।
'भाषणमा सहमतिको कुरा धेरै भयो, अब त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि प्रधानमन्त्रीले राजीनामा गरी राष्ट्रिय सहमतिको सरकार निर्माण र पाँचबुँदे सहमति कार्यान्वयनका लागि मार्गप्रशस्त गर्नुपर्छ,' पौडेललाई उद्धृत गर्दै एक नेताले भने । बैठकबाट बाहिरिँदै गर्दा पौडेलले सञ्चारकर्मीहरूसँग साउन २८ मा प्रधानमन्त्रीको राजीनामा आउनेमा आफू विश्वस्त रहेको बताए ।
माओवादी अध्यक्ष दाहालले पार्टीबाट सर्वसम्मत निर्णय गराएर आएकाले अब शान्ति प्रक्रियाबारे ठोस निर्णय गरी व्यावहारिक कार्यान्वयन गरिने बताएका थिए । भदौ १४ अघि नै शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्न सकिने उनको भनाइ थियो । साथै उनले संविधान निर्माणमा कांग्रेस पनि जिम्मेवार भएर आउनुपर्ने बताएका थिए । छलफलमा एमालेबाट प्रधानमन्त्री खनाल, महासचिव ईश्वर पोखरेल, मन्त्री घनश्याम भुसाल, भीम रावल, माओवादीबाट अध्यक्ष दाहाल, नेता वर्षमान पुन,शर्मा, शान्तिमन्त्री पम्फा भुसाल, कांग्रेसबाट नेता पौडेल, रामशरण महत र रिजाललगायत सहभागीथिए । विशेष समिति मातहतको सचिवालयका संयोजक बालानन्द शर्माले शिविरहरूको अवस्था र सचिवालयको कामकारबाहीबारे जानकारी गराएका थिए ।
साभार:कान्तिपुर