१३ औ आदिबासी जनजाति पत्रकार संघको स्थापना दिबस पाल्पामा सम्पन्न
![]() |
| अन्तरक्रिया कार्यक्रम |
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाका अध्यक्ष गम बहादुर थापा मगरले दबिएका, हेपिएका आदिबासी जनजातिहरुको अवाजलाई प्रचार प्रसार गरी बहसमा ल्याउनु पर्ने बताएका थिए । अध्यक्ष थापाले शहर केन्द्रित नभई गाउा बस्तीका बेदनालाई उठाउन आग्रह गरेका थिए । परिषद पाल्पाका सल्लाहकार अशोक कुमार शाहीले आदिबासी जनजाति पत्रकारहरुले संस्थाको सदस्य पाउनु प्रमुख कुरा नभई क्रियाशिलता र गुणस्तरीयता महत्वपूर्ण भएको बताए ।
नेपाल आदिबासी जनजाति पत्रकार संघ पाल्पाका अध्यक्ष देव पचभैयाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा, नेवा देय दबु पाल्पाका अध्यक्ष त्रिरत्नलाल शाक्य, नेपाल कुमाल समाज पाल्पाका अध्यक्ष टोप बहादुर कुमाल, नेपाल मगर संघ पाल्पाका सल्लाहकार बल बहादुर राना, नेपाल मगर संघ तानसेन नगर समितिका अध्यक्ष विष्णु बहादुर गाहा, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष शंकर भण्डारी, नेपाल मगर विद्याथीं संघ पाल्पाका अध्यक्ष धनी सारु, प्रेम सागर शाही लगायतले शहर केन्द्रित नभई ग्रामीण स्तरका सावलहरुलाई पनि समेट्नु पर्नेमा जोड दिएका थिए ।
पाल्पाली पत्रकारहरु माधब अर्याल, टेक नारायण भट्राई, केशब घिमिरे लगायतले आदिबासी जनजाति पत्रकारहरुले सांख्या मात्र नभई स्तर वृद्धिमा ध्यान दिनु पर्ने सुझाव दिएका छन् ।संघका सचिब हरिबहादुर सारुको संचालन र उपाध्यक्ष यमुना सारुको स्वागतमा कार्यक्रम भएको थियो । पाल्पा जिल्लामा ५१ जना आदिबासी जनजाति पत्रकारहरु क्रियाशिल छन् ।

