|

पाल्पा दमकडामा पोलिटेक्निक इष्टिच्यूट बन्ने

छलफल कार्यक्रम
मुक्तिप्रसाद न्यौपाने,श्रावण २४-पाल्पा/ सरकारले बजेट वक्तव्य उद्घोष दमकडामा इन्च्टीच्यूड बनाउने घोषणा गरेअनुसार दमकडा पोलिटेक्निक इष्टिच्यूट मदनपोखरा पाल्पाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय समुदायको भूमिका विषयक छलफल कार्यक्रम शनिबार दमकडामा सम्पन्न भएको छ ।

माण्डव्य बहुमुखी क्याम्पस मदनपोखराले आयोजना गरेको कार्यक्रममा सरकारले बजेट वक्तव्य मार्फत ल्याएको कार्यक्रम र पोलिटेक्निक इष्टिच्यूट सञ्चालनका आधारहरूका बारेमा समुदायस्तरबाट छलफल भएको हो । कार्यक्रममा माण्डव्य बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमप्रसाद पाण्डेयले सरकारले यसवर्ष देशका पााच स्थानमा स्थापना गर्ने पोलिटेक्निकमा दमकडा पनि परेको र प्राविधिकहरूसागको परामर्शपछि स्थान र विषय छनौट गरिने बताउनुभयो ।दमकडामा माध्यमिक विद्यालय र क्याम्पस खोल्ने योजना कुनै बेला महत्वाकांक्षी थिए तर आज सामान्य भएको उल्लेख गर्दै उहााले विश्वविद्यालयसम्मको सपना देख्न समुदायलाई आग्रह गर्नुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी टीकाराम घिमिरेले पाल्पासाग जोडिने मदनपोखराको परिचय थपिएको छ, यसलाई मूल्यवान बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । समुदायको माग बमोजिम कृषि विषय जोडेर अघि बढ्न आग्रह गदै उहााले बुद्धिजीवीहरूलाई भन्नुभयो, ‘हाम्लाई पाच्य विषय रोज्न सहयोग गर्नुहोस् । यो यस क्षेत्रकै गहना बन्नेछ ।’ पाल्पाका स्थानीय विकास अधिकारी कृष्णप्रसाद अर्यालले बजेटको उचित सदुपयोग गर्ने पाल्पालीहरूलाई अधिकांश योजना उपभोक्तामार्फत सञ्चालन गर्न दिादा राम्रो भएको बताउनुभयो । स्थानीय विकास अधिकारी अर्यालले भन्नुभयो, ‘बुद्धिमानीपूर्वक स्रोत र साधनलाई सदुपयोग गर्ने क्षमता तपाईाहरूसाग छ, जनसहभागिता लिएर विकास गर्नुहोस्’ । जिल्ला शिक्षा कार्यालय पाल्पाका विद्यालय निरीक्षक निलकण्ठ ढकालले व्यवसायिक शिक्षाको माग र खााचो पुरा गर्न यसले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । दमकडा उच्च माध्यमिक विद्यालयका प्राचार्य दुर्गाप्रसाद अर्याल, सामुदायिक रेडियो मदनपोखरा स्टेशन प्रबन्धक गुणाकर अर्याल, जिल्ला विकास समितिका पूर्व सदस्य एकप्रसाद भण्डारी, माण्डब्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधवप्रसाद पाठकले विकास र पैसा जुन ठाउामा भए पनि विस्तार हुने धारणा व्यक्त गर्नुभयो । विश्वविद्यालय अनुदान आयोगले माण्डव्य बहुमुखी क्याम्पसलाई पहिलो पटक ५ लाख १० हजार रुपौया दिएको भन्दै पूर्व सांसद पाण्डेयले चेक क्याम्पस प्रमुख पाठकलाई हस्तान्तरण गर्नुभएको थियो । सामुदायिक रेडियो मदनपोखराका कार्यक्रम प्रमुख राजेशकुमार अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमप्रसाद पाण्डेयको अध्यक्षतामा चलेको थियो ।

Posted by Butwalonline on 7:41 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पा दमकडामा पोलिटेक्निक इष्टिच्यूट बन्ने"

Leave a reply