|

कोलेस्टेरोल के हो ?

कोलेस्टेरोल मैनजस्तो बोसोजनित तरल पदार्थ हो, जुन मानिसलगायत सबै प्राणीको कोषमा निहित हुन्छ । यसको निर्माण चिल्लो पदार्थ, प्रोटिन तथा ग्लुकोज मिलेर बनेको हुन्छ । कोलेस्टेरोलको उत्पादन खासगरी कलेजो र अन्य तन्तुहरूबाट हुन्छ । हामी खानेकुरामा जुन चिल्लो पदार्थ प्रयोग गछौर्ं त्यो पछि गएर शरीरमा कोलेस्टेरोल र ट्राई ग्राइसेराइड्समा छुट्टन्िछ ।

कोलेस्टेरोल शरीरमा विभिन्न कार्य सञ्चालनका लागि नभै नहुने तत्त्व हो । यसका थुप्रै कार्य हुन्छन्, जसमध्ये केही यस प्रकार छन्—

कोलेस्टोरेलले हाम्रो शरीरमा भिटामीन 'डी' सँग मिलेर विभिन्न किसिमका महत्त्वपूर्ण हार्मोनहरू निर्माण गर्छ ।

यसले हामीले खानासँगै सेवन गर्ने बोसो वा चिल्लो पदार्थलाई टुक्य्राउने काम गर्छ ।

यसले शरीरमा विभिन्न कोषमर्मत एवं निर्माण गर्ने कार्य पनि गर्छ ।

यसले हाम्रो शरीरमा रहेको पित्तथैलीको सहायताबाट पित्तको अम्ल निर्माण गर्ने कार्य गर्छ, जसले गर्दा हामीले खाएको चिल्लो पदार्थ खानेकुरामा घोलिन्छ ।

कोलेस्टोरेलको उचित वा सन्तुलित मात्रा हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक मानिन्छ । तथापि शरीरमा यसको आवश्यकताभन्दा बढी वा कम मात्रा स्वास्थ्यका लागि घातक हुन सक्छ । अध्ययनबाट के पत्ता लागेको छ भने शरीरमा कोलेस्टेरोलको आवश्यकताभन्दा बढी मात्रा हृदयाघातको प्रमुख कारण बन्न पुग्छ भने शरीरमा यसको आवश्यकताभन्दा कम मात्राले मानवमस्तिष्कमा हत्या-आत्महत्याजस्तो आपराधिक गतिविधि हुन सक्छ । विशेषगरी रगतमा यसको कम मात्राले सेरोटेनिनको उत्पादनमा कमी गराउँछ । सेरोटोनिन मानव मस्तिष्कमा रहने न्युरोट्रान्समिटर हो जसले मानव-मस्तिष्कलाई आपराधिक गतिविधिले सञ्चालनमा नियन्त्रण गर्छ । विशेषज्ञहरूका अनुसार हाम्रो खानपिनमा दैनिक ३ सय मिलिग्राम कोलेस्टेरोलको मात्रा विद्यमान रहनु आवश्यक छ । त्यसैले दैनिक ३ सय ५० मिलिग्रामभन्दा बढी अथवा १ सय ६० मिलिग्रामभन्दा कम कोलेस्टेरोलको मात्रा स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

कोलेस्टेरोलको प्रमुख स्रोत

अन्डाको पहेंलो भाग २६० मिलिग्राम पूर्ण चिल्लो भएको दूध तथा दुग्धपदार्थ २२ मिलिग्राम तर निकालिएको अथवा स्किम्ड दूध शून्य दशमलव ४ मिलिग्राम, फिसकरी वा माछाको तरकारी, ५० मिलिग्राम जनावरको गिदी वा मस्तिष्क १ हजार ७ सय ७० मिलिग्राम, कुखुराको कलेजो

३ सय ४० मिलिग्राम, कलेजोमा ४ सय ६ मिलिग्राम र मृग्ाौलामा ७ सय मिलिग्राम ।

खानेकुरामा कोलेस्टेरोल पाइने प्रमुख स्रोतहरूसम्बन्धी यो जानकारीपछि अब यसलाई सन्तुलित राख्ने उपायहरूका बारेमा चर्चा गरौं ।

शरीरको तौल वा वजन बढी नराख्ने । खानेकुरामा चिल्लो वा बोसोको प्रयोग सकेसम्म कम गर्ने । स्मरण रहोस्, हामीले खानेकुरामा चिल्लो वा बोसोको मात्रा कुल क्यालोरीको ३० प्रतिशतजति मात्र हुनु आवश्यक छ ।

जीवजन्तुका अंगहरू जस्तै— कलेजो, गिदी, मृगौला आदि बिल्कुलै सेवन नगर्ने ।

दैनिक कम्तीमा पनि २० मिनेटजति शारीरिक व्यायाम गर्ने ।

खानेकुरामा फोलिक एसिडसँगै भिटामीन 'बी', 'सी' तथन 'ई' को सेवन बढाउने ।

चकलेट तथा आइसक्रिमजस्ता कुरा बढी नखाने ।

धूम्रपान तथा मदिरा सेवन सकेसम्म नगर्ने ।

बढी नुन-चिनी भएको खानेकुरा नखाने ।

रातो मासु खाँदै नखाने ।

तारेको र भुटेको खानेकुरा अनि क्रिम र नरिवलको तेल सकेसम्म नखाने ।

न्यून चिल्लो पदार्थ भएको अथवा तर निकालेको दूध वा दूग्धपदार्थ सेवन गर्ने ।

संतृप्त बोसो जस्तै मकै, भटमास एवं जैतुनको तेल सेवन गर्ने तर असंतृप्त बोसोजस्तै जनावरको घिउ, मक्खन आदि सेवन नगर्ने ।

म्ाौसमअनुसारको फलफूल, सागपात एवं अन्य क्याल्सियमयुक्त खानेकुरा पर्याप्त मात्रामा खाने ।

रेसादार खानेकुरामा बढी जोड दिने । किनभने यस्ता खानेकुराले हाम्रो शरीरको आन्तरिक भाग वा अंगहरू सफा गर्न र कोलेस्टेरोलको अनावश्यक मात्रा निष्कासन गर्न पनि मद्दत पुर्‍याउँछ । यस्ता रेसादार पदार्थका स्रोतहरू हुन्— सिमी, स्ट्रबेरी, केराउ, रसिला फलफूल, सागपात, अंकुरित अन्नपात आदि ।

उपरोक्त कुराहरूमा ध्यान पुर्‍याउन सकेको खण्डमा शरीरमा कोलेस्टेरोलको मात्रा सन्तुलित मात्र रहँदैन स्वस्थ र दीर्घपन प्राप्त गर्न सकिन्छ ।

Source:Saptahik

Posted by Butwalonline on 7:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोलेस्टेरोल के हो ?"

Leave a reply