|

भारतमा आतङ्कवादी आक्रमण, १० जनाको मृत्यु

काठमाडौं, अषाढ २९ - भारतको मुम्बईमा बुधबार साँझ आतङ्कवादी आक्रमण भएको छ ।
एकैपटक साँझ ७ बजे तीन ठाउँमा भएको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ । ती विष्फोटमा एक सय जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मुम्बईको दादर, ओपेरा हाउस र झवेरी बजार इलाकामा विष्फोट भएको हो । हताहतीकाबारेमा प्रहरीले भने आधिकारिक जानकारी नदिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
भारतीय सरकारले यो आतंकवादी आक्रमण भएको पुष्टि गरेको छ । लस्कर ए तोयवाको हात हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।
Source:kantipurnews

Posted by Butwalonline on 7:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतमा आतङ्कवादी आक्रमण, १० जनाको मृत्यु"

Leave a reply