|

एकै परिवारका चार जनाको हत्या

उदयपुर, अषाढ २३ - अज्ञात समूहद्वारा उदयपुरको ठानागाउँ गाविस,  ५ मा बुधबार राति एकै परिवारका चार सदस्यको हत्या भएको छ । हतियार सहित आएको समूहले खेसबहादुर मगर, उनकी पत्नी र दुई छोरीको हत्या गरेको स्थानीय दलबाहदुर ठकुरीले बताए । हत्याराले खेसबहादुरका ९ वर्षीय छोरा नेत्रबहादुरलाई समेत घाइते बनाएका छन् । हत्या गरिएका खेसबाहदुरकी पत्नी र दुई छोरीको नाम नखुलेको दलबहादुरले बताए । नेत्रबाहदुरको शरीरमा धारीलो हतियारले जताततै काटिएको अवस्थामा छाडिएको  स्थानीयले बताएका छन्  । उनको अवस्था गंम्भीर छ ।
४ छोरी, दुई छोरा र पत्नी सहित ८ जनाको परिवार रहेका खेसबाहदुरकी दुई छोरी र एक नाबालक छोरा भने शकुसल रहेको दलबहादुरले बताए । एउटी छोरी जिल्लाको कटारी बजारमा ज्याला मजदुरी गरेर उतै बस्ने गरेको र अर्की छोरी गाउँ तिर गएकाले बाच्न सफल भएकी हुन् । खेसबाहदुरका कान्छी छोरी ११ महिनाकोमात्रै भएकोले उनलाई हत्यारले केही नगरेको  स्थानीयले टेलिफोनबाट इ–कान्तिपुरलाई जानकारी दिए ।
हत्याको कारण र समूहको पहिचान हुन नसकेको स्थानीयले जनाएका छन् । गाउँमा गएकी छोरी बिहान घर आउदाँ हत्या भएको खुलेको हो । खेसबहादुरको घर एकान्तमा भएकाले हत्याबारे राति नै गाउँलेले थाहा नपाएको दलबहादुरले बताए ।  
प्रहरी चौकी रुपटारलाई हत्याको जानकरी दिन खेसबहादुरका छिमेकी महेन्द्र मगर, बेदकृष्ण मगर र युवराज मगर गएको दलबहादुरले जनाए ।  हत्याको जानकारी आइनपुगको प्रहरी नायव उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए । 

Spource:Kantipurnews

Posted by Butwalonline on 9:05 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एकै परिवारका चार जनाको हत्या"

Leave a reply