|

राष्ट्रिय खेलाडीको मृत्युपछि अस्पतालमा आगजनी


अत्तरिया (कैलाली), श्रावण ३ - अत्तरियास्थित पद्मा अस्पतालमा हातको शल्यक्रिया गर्न पुगेका भलिबलका राष्ट्रिय खेलाडीको मृत्युपछि आक्रोसित स्थानीयवासी र आफन्तले अस्पताल तोडफोड र आगजनी गरेका छन् ।पन्तको खुट्टाको अपरेसन गर्न बेहोस बनाइएको र होसमै नफर्की मृत्यु भएको विषयमा विवाद बढेको थियो। डा. नरबहादुर मौनीले उनको अपरेसन गरेका थिए।
डाक्टरहरुको लापरबाहीले गेटाका भलिबलका राष्ट्रिय खेलाडी कमल पन्तको मृत्यु भएको भन्दै आक्रोसित स्थानीय र आफन्तले अस्पतालको एम्बुलेन्स तोडफोड गरेका छन् । उनीहरुले अस्पतालभित्रबाट विरामी सुत्ने बेड बाहिर ल्याएर जलाएका छन् ।
स्थिति तनावग्रस्त भएपछि पुगेको प्रहरीले केही राउण्ड हवाईफायर पनि गरेको छ । त्यसक्रममा ७ जना प्रहरी र स्थानीयवासी गरी एक दर्जन घाइते भएका छन् ।
Source:Kantipurnews

Posted by Butwalonline on 5:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रिय खेलाडीको मृत्युपछि अस्पतालमा आगजनी"

Leave a reply