|

अस्पतालमै एक सुत्केरीको मृत्यु


दैलेख, श्रावण ३ - जिल्ला अस्पतालमै मंगलबार एक सुत्केरीको मृत्यु भएको छ । अस्पतालका प्रमुख डा. खगेन्द्रजंग शाहका अनुसार अत्याधिक रक्तश्रावले गर्दा वडाखोला गाविस-१ ताराचौरकी २६ वर्षीया निरुपा थापाको मृत्यु भएको हो ।
परिवारका सदस्यहरुले सुत्केरी व्यथा नलाग्दै शनिबार निरुपालाई अस्पताल भर्ना गराएका थिए । सुत्केरीको मृत्यु भएपनि शिशुको अवस्था भने सकुशल छ । पाठेघर च्यातिनुका साथै आवश्यक मात्रामा खुम्चिन नसक्दा अत्यधिक रक्तश्राव हुने गरेको डाक्टर शाहले जानकारी दिए ।
सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण गत शुक्रबार सात्तला गाविसमा एक सुत्केरीको मृत्यु भएको थियो । १८ वर्षीया लक्ष्मी विकको रक्तश्राव नरोकिएपछि सात्तला स्वास्थ्य चौकीबाट सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।  
Source:Kantipurnews 

Posted by Butwalonline on 2:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अस्पतालमै एक सुत्केरीको मृत्यु"

Leave a reply