|

७० दिनभित्र पर्शुरामलाई अदालतमा बुझाउने


काठमाडौं, श्रावण ३ - युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले अदालतले दिएको समय आगामी ७० दिनभित्र पत्रकार आक्रमण आरोपी पर्शुराम बस्नेतलाई अदालतमा बुझाउने बताएका छन् ।
राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी बस्नेतले पर्शुराम अदालतमा भएको आक्रमण र पत्रकार आक्रमणको घटनामा संलग्न भने नभएकै जिकिर गरे । पर्शुरामलाई गृहमन्त्रालयले पूर्वाग्रही ढंगले फेरि फसाउने षड्यन्त्र गरेकोले अदालतमा तत्काल नबुझाइएको उनको तर्क थियो ।
मोरङ अदालतमा भएको घटनामा संलग्न भएकालाई सार्वजनिक अपराधमा मुद्दा दायर भएकोमा पुनः त्यसलाई उल्टाएर एमालेका २९ जना कार्यकर्तालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकोले गृहमन्त्रालय पर्शुरामलाई फसाउने योजनमा लागेको पुष्टि भएको अध्यक्ष बस्नेतले दावी गरे ।
दबाबमुलक कार्यक्रम घोषणा
यसैबीच एमाले युवा संगठन यूवा संघ नेपालले शान्ति र संविधान निर्माणको लागि दवाव दिन दबाब मुलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा दलहरुबीच भएको पाँच बुँदे सहमतिको फ्ल्यास बोर्ड बनाएर नेताहरुलाई स्मरण गराउने, मुख्य स्थानमा पाँच बुँदे सहमति लेखिएको होर्डिङ बोर्ड बनाएर जनतालाई दबाबका लागि उत्प्रेरित गर्ने, देशभरीका यूवाहरुको राष्ट्रिय यूवा गोलमेच सम्मेलन गरेर संयुक्त दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने लगायत छन् ।
संघले साउन ६ र ७ गते पुष्पलाल स्मृति दिवसमा देशभरी बृक्षारोपण र रक्तदान गर्ने, साउन १० गते काठमाडौंमा विचार गोष्ठी गर्ने, १३ गते मुख्य मुख्य शहरमा सरसफाई र होर्डिङ बोर्ड राख्ने,  १४ गते यूवा गोलमोच सम्मेलन गरेर काठमाडौं घोषणापत्र जारी गर्ने, १७ देखि २१ गते सम्म खरिपाटीमा केन्द्रीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र १४ गतेको गोलमेच सम्मेलनपछि नयाँ दबाबमुलक आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।
त्यसैगरी शैक्षिक बेरोजगारी समस्यालाई सम्बोधन गर्न यूवाहरुलाई परियोजना धितो राखेर स्नातकोत्तर गरेकालाई १० लाख, स्नातक गरेकालाई ८ लाख, प्रविणता प्रमाणपत्र तह उर्त्तीण गरेकालाई ६ लाख र एसएलसी उत्तीर्ण गरेकालाई ४ लाख रुपैयाँ उपलब्ध गराउने विषय दबाब सृजना गर्ने समेत संघको घोषित आन्दोलनका कार्यक्रमा रहेका छन् ।
Source:Kantipurnews

Posted by Butwalonline on 1:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "७० दिनभित्र पर्शुरामलाई अदालतमा बुझाउने"

Leave a reply