एमालेमा झन् विवाद
धुलिखेल (काभ्रे), श्रावण ९ - अध्यक्षको अधिकारलाई लिएर एमाले शीर्ष नेताहरूबीच चर्को विवाद भएको छ । धुलिखेल भेलामा बल्झिएको यो विवाद भदौ ३० मा सुरु हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा प्रमुख मुद्दा हुनेछ ।
साढे दुई वर्षअघि बुटवल महाधिवेशनमा एमाले अध्यक्ष सहितको बहुपदीय प्रणालीमा प्रवेश गरेको थियो । पछिल्लो समयमा अध्यक्ष र महासचिवको अधिकारका विषयलाई लिएर नेताहरूबीच टकराब भएको छ । महाधिवेशनको निर्णयलाई नेताहरूले यतिखेर फरक-फरक व्याख्या गरेका छन् । अध्यक्ष झलनाथ खनाल पक्षले बुटवल महाधिवेशनबाट कार्यकारी अधिकारसहितको 'अध्यक्षात्मक प्रणाली' मा पार्टी प्रवेश गरेको भन्दै अध्यक्षकै निर्देशनमा सबैले काम गर्नुपर्ने व्याख्या गरेको छ । यो धारणालाई उपाध्यक्ष वामदेव गौतम र पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले भेलामा आफ्नो प्रस्तावका रूपमा पेस गरे ।
'अध्यक्षलाई चाहिँ कमजोर बनाएर अरू पदमा अधिकार प्रत्योजित गर्न मिल्दैन,' उपाध्यक्ष गौतमले कान्तिपुरसँग भने, 'हामीले अध्यक्षको पद मात्र सिर्जना गरेको होइन, अधिकार सहितको अध्यक्षात्मक प्रणाली नै विकास गरेका हौं ।' बुटवल महाधिवेशनले अध्यक्षलाई कार्यकारी अधिकार सम्पन्न हुने फैसला गरे पनि विधान छपाइमा त्यसलाई परिमार्जन गरी महासचिवलाई अध्यक्षभन्दा शक्तिशाली बनाउने प्रयास गरेको उनको आरोप छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले भने बुटवल महाधिवेशनबाट 'अध्यक्ष' को पद मात्र सिर्जना गरिएको तर पार्टी सबै अधिकारसहितको 'अध्यक्षात्मक प्रणाली' मा नगएको व्याख्या गरेका छन् । उनीहरूले आइतबार पत्रकारहरूसँग कुरा गर्दै खनाल महाधिवेशनको फैसलाको अपव्याख्या गर्दै निरंकुश ढंगले अघि बढ्न खोजेको आरोप लगाए ।
पार्टीलाई लोकतान्त्रिक दिशामा हिँडाउनका लागि अध्यक्ष पदसहितको बहुपदीय सामूहिक नेतृत्व प्रणाली अपनाएको उल्लेख गर्दै त्यसको गलत व्याख्या गरेर निरंकुशता प्रदर्शन गर्न खोजिएको उनीहरूले बताए । 'हामीले अवलम्बन गरेको ढाँचा अध्यक्षात्मक होइन, महासचिवीय प्रणालीबाट अध्यक्ष पदसहितको बहुपदीय प्रणालीमा गएको हो,' नेता ओलीले भने, 'महासचिवीय प्रणालीबाट अध्यक्ष पदमा जाँदा केहीलाई अध्यक्षात्मक प्रणालीमा गएको हो कि भन्ने भ्रम छ ।' उनले महाधिवेशनबाट पारित विषय नै नबुझ्नेले कसरी त्यहाँबाट पारित एजेन्डा कार्यान्वयन र नेतृत्व गर्छन् भन्दै अध्यक्ष झलनाथ खनालका कामप्रति आपत्तिसमेत जनाए ।
'काम गर्ने होइन बलियो
बन्न खोजिँदैछ, कता कम्युनिस्ट पार्टी कता निरंकुशताको सामन्ती भूत मलाई अचम्म लाग्छ,' ओलीले भने, 'त्यसैले आठौं महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महसचिव र सचिवको बहुपदीय सामूहिक नेतृत्व स्विकारेको छ तर यसको कार्यान्वयन उपयुक्त ढंगले भएको छैन ।'
नेपालले पार्टीभित्र नोकरशाही केन्द्रीयता लाद्ने प्रयास भइरहेको आरोप लगाए । 'लोकतान्त्रीकरणको र जनताको बहुदलीय जनवादको विपरीत कुरा भइरहेको छ,' उनले भने, 'आठांै महाधिवेशनको निर्णय भावना, जबजको सिद्धान्त र एमालेको परम्पराविपरीत भइरहेको छ । यो नोकरशाही केन्द्रीयतातर्फ लाने गलत प्रयत्न हो ।'
अध्यक्षले जे पनि गर्न पाउँछ भन्ने सोच विकास भइरहेको उल्लेख गर्दै नेता नेपालले त्यसैको प्रतिविम्बस्वरूप केन्द्रीय समिति पोलिटब्युरोको बैठक डाक्ने सल्लाह नगरी एक्लै अघि बढ्न खोजेको बताए ।
अध्यक्षको अधिकारबारे महासचिव ईश्वर पोखरेल पनि ओली-नेपाल समूहको धारणाको पक्षमा छन् । उनले भेलापछि आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनबाट एमाले अध्यक्षसहितको बहुपदीय सामूहिक नेतृत्व प्रणालीमा गएको बताए । भेलमा औपचारिक रूपमा पार्टी प्रणालीको विषयमा कुरा नउठेको दाबी गर्दै कसैले व्यक्तिगत रूपमा अघि सारेको भनाइको अर्थ नहुने बताए ।
'तथ्य तोडमोड गरेर भ्रम छरिँदैछ'
- वामदेव गौतम, उपाध्यक्ष, एमाले
लामो समयको पार्टी संगठनात्मक क्षेत्रको अनुभवका आधारमा पहिले अवलम्बन गरेको महासचिवीय जसलाई संसदीय प्रणाली पनि भन्छन् त्यो छोडेर अध्यक्षात्मक प्रणाली अवलम्बन गर्यांै । नयाँ प्रणालीको अभ्यास गर्दा कतिपय कुरामा कमी रहे । महासचिव निरंकुश हुने जस्तो देखिएकाले गुटबन्दी पनि गर्ने खालको अवस्था आयो र यसलाई हटाउनका निम्ति सामूहिक नेतृत्व प्रणालीमा व्यावहारिक रूपमा नै लाने निर्णय गरेका हौं । महाधिवेशनबाट पारित विधानलाई केन्द्रीय समितिले पास गरेर पार्टीको विधान आयो । त्यो विधानमा धेरै त्रुटि भएकाले सम्पादक मण्डल बनेर विधानको अर्को संस्करण छापियो । त्यो संस्करण छाप्दा पहिले व्यवस्था गरिएका र पास गरिएका अध्यक्षका अधिकारहरू कटौती गर्ने काम भयो । अध्यक्षको संलग्नता, परामर्शमा मात्र केन्द्रीय समिति पोलिटब्युरो, महासचिव, उपाध्यक्ष, सचिवहरू परिचालन हुने हो । तर अध्यक्षको अधिकार कटौती गर्दा, महासचिवले अध्यक्षसँग परामर्श गर्न नपर्ने, पहिलेको विधानको व्यवस्था हटाएर सबै अधिकार महासचिवमा केन्दि्रत गरियो । यो हामीले अवलम्बन गरेको संगठनात्मक सिद्धान्तअनुरूप भएन । अध्यक्षात्मकमा गएका छौं भने महासचिवको पनि अधिकार परिभाषित गर्नुपर्छ । अध्यक्षलाई चाहिँ कमजोर बनाएर अरू पदमा अधिकार प्रत्योजित गर्न सकिँदैन ।
अध्यक्ष पदमा सिर्जना गरिएको कि अध्यक्षात्मक प्रणालीमा गएको भन्नेमा स्पष्ट रूपमा 'अध्यक्षात्मक प्रणाली' मा गएको हो । अध्यक्ष पद मात्र सिर्जना गर्न गरिएको होइन । पहिले मनमोहन अधिकारी हुँदाचाहिँ अध्यक्ष पद मात्र थियो । अध्यक्ष प्रणाली महाधिवेशनले पारित गरेको हो, हामीसँग कागजात, अडियो भिडियो रकेर्डसमेत छन् । कार्यकारी अधिकारसहितको अध्यक्ष र जिम्मेवारीसहित उपाध्यक्ष, महासचिव र सचिवहरू चुनेको हो । तर अहिले आएर उपाध्यक्षहरूलाई अध्यक्षले र सचिवलाई महासचिवले अधिकार प्रत्यायोजन गरेपछि दिने भन्ने छ । यो अध्यक्षात्मक प्रणाली नै हो, पद मात्र सिर्जना गरिएको भन्नु बढी भ्रम सिर्जना गर्नु हो ।
'नोकरशाही केन्द्रीयता लाद्न खोजिँदै छ'
- माधव नेपाल, वरिष्ठ नेता, एमाले
एमाले अध्यक्षात्मक प्रणालीमा गएको होइन । अध्यक्षले त्यो कुरा उठाउनुभएको छ त्यस्तो होइन । कम्युनिस्ट पार्टी त्यसरी चल्नै सक्दैन । जब व्यक्तिमाथि अधिकार केन्दि्रत गर्ने हुन्छ, त्यसपछि त्यहा नोकरशाही केन्द्रीयता लाद्न थालिन्छ । नेकपा एमालेभित्र पनि त्यो प्रवृत्ति देखा पर्न थालिसक्यो । स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समितिको बैठक बस्दैन । नेताहरूबीचमा कुनै सल्लाह हुँदैन । जब कि माओवादीभित्र समेत व्यापक परामर्श चलिरहेको छ तर एमालेभित्र परामर्श शून्य छ । किन भन्दा यहाँ अध्यक्षात्मक प्रणाली छ भन्ने मान्यता विकसित भइसक्यो । त्यसकारण अध्यक्षले जे पनि गर्न पाउँछ भन्ने गलत सोच बसेको छ । त्यो विचार नै आठौं महाधिवेशनको भावनाविपरीत छ । यहाँ अध्यक्ष मात्र होइन, महासचिव, उपाध्यक्ष, सचिव, केन्द्रीय सदस्य निर्वाचित छन् । हामी पनि सबैभन्दा बढी भोट पाएकामध्ये हौं । त्यसैले कम्युनिस्ट पार्टी एमाले सामूहिक नेतृत्वको सिद्धान्त परित्याग गरेका छैनौं । अध्यक्षले अरूसँग सल्लाह गरेर चल्नुपर्छ ।
'निरंकुशताको सामन्ती भूत जागेको छ'
- केपी ओली, स्थायी समिति सदस्य, एमाले
पहिले के स्पष्ट हुनुपर्यो भने हामी कता जान खोजेको हो शक्ति केन्दि्रत गर्न खोजेको कि विकेन्दि्रत गर्न खाजेको हो ? व्यक्तिमा सानो समूहमा, व्यक्ति र गुटमा शक्ति केन्दि्रत गर्न खोज्छांै कि सार्वभौमसत्ता, वास्तविक शक्तिका स्रोत, सार्वभौम जनता हुन् भन्छौं मुख्य विषय हो । हामी लोकतन्त्रतर्फ जान खोजेको कि तानाशाहीतर्फ जान खोजेको ? मुद्दा यो हो । व्यक्तिमा शक्ति केन्दि्रत हुने प्रणाली धर्तीमा कमी रहेनन्, दास युग त्यसको चरम नमुना हो, सामन्ती युग पनि हो ।
एमालेले सांगठिक रूपमा हासिल गरेको उपलब्धि पार्टी जीवनको लोकतान्त्रीकरण हो जसलाई आठौं महाधिवेशनले पारित गर्यो । हामीले अपनाएको विधि सामूहिक नेतृत्व हो, महासचिवीय होइन । हामीले अवलम्बन गरेको ढाँचा अध्यक्षात्मक होइन, महासचिवीय प्रणालीबाट अध्यक्ष पदसहितको बहुपदीय प्रणालीमा गएको हो । महासचिवीय प्रणालीबाट अध्यक्ष पदमा जाँदा केहीलाई अध्यक्षात्मक प्रणालीमा गएको हो कि भन्ने छ । यो अध्यक्षात्मक होइन । अध्यक्षसहितको बहुपदीय सामूहिक नेतृत्वको लोकतान्त्रिक प्रणाली हो ।
Source:Kantipurnews