|

भारतीय प्रहरीले पाँच नेपालीको शव बुझायो

९ साउन, कञ्चनपुर । भारतको देहरादुनमा आइतबार बसमा यात्रा गरिरहेका बेला करेन्ट लागेर ज्यान गुमाएका पाँच नेपालीको शव भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
देहरादुन प्रहरीले सोमबार बिहान उनीहरुका शव कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल प्रहरीको जिम्मा लगाएको हो । धानरोपाईं सकेर दशैं खर्चको जाहो गर्न रोजगारीको खोजीमा कैलालीबाट भारत जान बसको छतमा यात्रा गरिरहेका उनीहरुको देहरादुन नजिकै विद्युत हाइटेन्सन प्रसारण लाइनले छुँदा ज्यान गएको थियो । दुर्घटनामा घाइते भएका १२ नेपालीको देहरादुनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Source:Onlinekhabar

Posted by Butwalonline on 9:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतीय प्रहरीले पाँच नेपालीको शव बुझायो"

Leave a reply