|

कपिलबस्तु नरसंहारका दोषीलाई कारवाही माग

काठमाडौ, श्रावण ९ - चार बर्षअघि कपिलबस्तुको चन्द्रौटामा भएको नरसंहारका दोषीहरुलाई कारवाही र पीडितहरुलाई क्षतीपूर्तीको माग गर्दै सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।


जबाफदेहिता निगरानी समिति कपिलवस्तु र एड्भोकेसी फोरमको अगुवाईमा कपिलवस्तु घटनाका पीडित, कपिलवस्तुका सभासद, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मन्त्री घनश्याम भुसाललाई ज्ञापन पत्र बुझाएका हुन ।


ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले पीडितको समस्या सम्बोधन गर्न मंगलबारसम्मको समय मागेको फोरमद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।


ज्ञापनपत्रमा पुनरावेदन अदालतका न्यायाधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्न र पीडितलाई परिपुरण दिन माग गरिएको छ ।


२०६४ साल भदौ ३० गते कपिलवस्तुको चन्द्रौटामा मोहित खाँको हत्यापछि भड्किएको हिंसामा १३ जनाको हत्या हुनुका साथै दर्जनौ घरमा आगलागी, तोडफोड र क्षति भएको थियो । 

Source:kantipurnews

Posted by Butwalonline on 4:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलबस्तु नरसंहारका दोषीलाई कारवाही माग"

Leave a reply