|

रोजिना बनिन् मिस तामाङ

२६ असार, काठमाडौँ । रोजिना घिसिङ ‘मिस तामाङः २०११’ को ताजसहित मिस फोटोजेनिक उपाधि हात पार्न सफल भएकी छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल रोजिनालाई सन् २०१० को मिस तामाङ समि भज्युले ताज पहिर्‍याउनुभएको थियो । तामाङ समुदायका युवतीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ एभरेस्ट फेसन होम र नेपाल तामाङ कला तथा सांस्कृतिक केन्द्रले शनिबार संयुक्त रूपमा आयोजना गरेको ‘मिस तामाङ -२०११’ मा पि्रती घिसिङले फस्ट रनर अप र सहारा घिसिङले सेकेन्ड रनर अपको उपाधि हात पार्न सफल भएका छन् । मिस तामाङः भएपछि रोजिनाले भिनन् ‘परिणामबारे सोचेकी थिइन तर आत्मविश्वासको साथ प्रतियोगितामा भाग लिएकी थिएँ । मेरो अबको जिम्मेवारी भनेको आˆनो भाषा र संस्कृतिलाई बचाउनु हो ।’
यसैगरी लक्ष्मी थिङले एसएमएस भोटिङ र मिस पपुलरको उपाधि आˆनो नाम पार्न सफल भएकी छन् । सरस्वती मोक्तानलाई अनलाइन भोटिङ, रोजिना घिसिङलाई मिस फोटोजेनिक, सहारा घिसिङलाई मिस पर्सनालिटिको उपाधि प्रदान गरिएको छ ।
त्यस्तै ज्वोती दोङले मिस व्युटिफुल, सम्झना दोङले बेस्ट वाक, स्क्सानाले बेस्ट डे्रस, तृप्ति घिसिङले बेस्ट स्माइलको उपाधि हात पार्न सफल भएका छन् । यस सांस्कृतिक प्रतियोगिताका विजयी मिस तामाङ-२०११ ले २५ हजार नगद पुरस्कारसहित एनआईडब्लूएफ फेसन स्कुलबाट फेसन डिजाइनको एक वर्षे कोर्सको छात्रवृत्ति र एनटीभी प्लसमा उद्घोषक र तामाङ भाषाको फिल्म खेल्ने अवसरसमेत पाएकी छन् ।
त्यसैगरी, फस्ट रनरअपले १५ हजार रुपियाँ नगद र सेकेन्ड रनर अपले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । अन्तिम प्रतिस्पर्धामा २२ जना भए पनि पहिलो चरणमा १० जना र दोस्रो चरणमा छ जनाको छनोट गरिएको थियो । प्रतियोगीले नेपाली भाषा वा अङ्ग्रेजीमा उत्तर दिनुपर्ने व्यवस्था गरिएको थियो ।
Source:onlinekhabar

Posted by Butwalonline on 7:46 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रोजिना बनिन् मिस तामाङ"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु