|

फेसबुकमा भिडियो च्याटिङ सुरु हुँदै, गुगलको पनि नयाँ सेवाको तयारी

काठमाडौ, अषाढ २५ - गुगलसँग प्रतिस्पर्धाका लागि चालिएको एक कदमको रूपमा हेरिएको एक नयाँ प्रविधिका रुपमा फेसबुकले पनि भिडियो च्याटिङको सुविधा छिट्टै उपलब्ध गराउने भएको समाचार छ ।
फेसबुकको जस्तै अर्को विश्व विख्यात साईट गुगलले पनि गुथल प्लस नामको अर्को एवं नयाँ साईट थाल्ने भएको घोषणा यस अघि नै गरिसकेको छ । गुगल प्लसमा भिडियो च्याटको पनि सुविधा रहेको बताइएको छ ।
फेस बुकले यो नयाँ सेवा सुरु गर्नकाल लागि स्काइपबीच साझेदारी भएको समाचारमा जनाइएको छ । दुबैले केही शीघ्र सन्देशका लागि केही औजारहरुको उपयोग गर्दछन् ।
यो वर्षको सुरुमा माइक्रोसफ्टले स्काइपलाई किनेको थियो । स्काइपमा फेसबुकको पनि हिस्सा रहेको छ तर कानुनीरूपमा यो सम्झौता अभैm पूरा भएको छैन ।
नयाँ भिडियो च्याटको सुविधा घोषणा गर्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गले अहिले फेसबुकको उपयोग गर्नेहरूको सङ्ख्या ७५ करोड पुगेको घोषणा गर्नुभयो ।
यद्यपि उहाँले सक्रिय मानिसहरूको सङ्ख्या अब साइटको सफलताको उपयोगीस्तर नबनेको बताउनुभयो । उहाँले यसबाट फेसबुकका सदस्यहरू आपसमा कति तस्बिर, भिडियो लिङ्क र वेब लिङ्कको उपयोग गरिरहेका छन् भन्ने बारेमा सफलताको धेरै सङ्केत प्राप्त हुने बताउनुभयो ।
फेसबुकको भिडियो च्याटको प्रविधिअनुसार यो कुराकानी दुई व्यक्तिबीचमा सम्भव हुनेछ तर गुगलको तर्फबाट भने यो सुविधा एकै पटकमा धेरै मानिसहरूबीच सम्भव हुने बताइएको छ । रासस/एएफपी

Posted by Butwalonline on 7:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेसबुकमा भिडियो च्याटिङ सुरु हुँदै, गुगलको पनि नयाँ सेवाको तयारी"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु