|

खोलाले बगाएर तीन बालबालिकाको मृत्यु

विराटनगर, श्रावण ३ - मोरङ, झापा र उदयपुरमा खोलाले बगाएर तथा डुबेर तीन बालबालिकाको मृत्यु भएको छ ।
मोरङको भाथीगन्ज-४ मा लोहन्द्रा खोलाले बगाएर भौडाहा २ का राजकुमार सरदारका तीन वर्षीय छोरा विश्वजीतको मृत्यु भएको प्रहरीले जनाएको छ । बगेर मृत्यु भएको अवस्थामा उनलाई मंगलबार बिहान फेला पारिएको थियो ।
उता, झापाको लखनपुर १ का नारायण मगरका नौ वर्षीय छोरा प्रतीकको स्थानीय चाजु खोलाले बगेर सोमबार साँझ मृत्यु भएको छ । यसैगरी उदयपुरको रामपुर ठोक्सिला २ का राजेन्द्र विककी नौ वषर्ीया छोरी गीताको हिजै साँझ कोसीको भँगालोमा डुबेर मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
Source:kantipurNews

Posted by Butwalonline on 7:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खोलाले बगाएर तीन बालबालिकाको मृत्यु"

Leave a reply