'सुसुप्त हत्याराहो रक्तचाप'
काठमाडौं, श्रावण १ - के तपाईंलाई थाहा छ प्रत्येक पाच जना उच्च रक्तचापका बिरामीहरु मध्ये एकले आफूलाई उच्च रक्तचाप भएको भनी थाहा नपाउने समेत हुनसक्छ । रक्तचापले कुनै विशेष लक्षण वा जटिलताविना पनि मान्छेको ज्यान लिन सक्ने भएको हुदा यसलाई सुसुप्त हत्यारा भनिएको हो ।नर्भिक इन्टरनेशनल हस्पिटल, जयन्ती मेमोरियल ट्रष्ट र हार्ट क्लब नेपालको संयुक्त आयोजनामा उच्च उक्तचाप तथा विविध हृदयरोगहरुको रोकथाम एवं न्यूनीकरणबारे शनिवार आयोजित जनचेतना मूलक कार्यक्रम उक्त कुरा वताईको हो ।
कार्यक्रमका मुख्य वक्ता भारतका मुटूरोग विशेषज्ञ तथा मेदान्त हार्ट इन्स्िटच्युटका अध्यक्ष डा. रबी रतन कासलीवालले उच्च रक्तचाप अर्थात 'हाइपरटेन्सन' लाई अत्यन्त खतरनाक रोगको सज्ञा दिए । आम व्यक्तिको माथिल्लो रक्तचाप लगातार एक सय ४० भन्दा माथि अथवा तल्लो रक्तचाप लगातार ९० भन्दा बढी भएमा त्यो व्यक्ति उच्च रक्तचापको बिरामी मानिने डा. कासलीवालले जनाए ।
उच्च रक्तचापले बिरामी थाहै नपाई बिरामीको मुटुका कोषिका, मांशपेशीहरुमा क्षति पुग्ने, फोक्सो, रक्त कोषिका, नलीहरु, मस्तिष्कका धमनीहरु र मृगौलाका रक्तनलीहरुमा अपुरणीय क्षति पुर्याउन सक्ने डा.कासलीवाल वताउछन ।
उच्च रक्तचाप मस्तिष्कघात वा हृदयाघातको प्रमुख जोखिमको कारक भएको उल्लेख गर्दै डा. कासलीवालले ४५ वर्षको उमेरसम्म महिलाभन्दा पुरुषमा बढी उच्च रक्तचाप पाइने गरेको वताए । उमेर बढ्दै जान्छ, महिला र पुरुष दुबैमा यो रोग बढन थाल्दछ । यस्तै महिलाहरु ६५ वर्षको उमेरमा पुग्दा तिनीहरु पुरुषको दाँजोमा बढी मात्रामा रक्तचापको शिकार बन्ने गरेको समेत उनले जनाए । परिवारमा नजिकका अर्थात् बाबु/आमा, काका, बाजे/बज्यै मध्ये कसैमा उच्च रक्तचापको समस्या भए तिनका सन्तानमा पनि त्यो समस्या हुने जोखिम आइपर्न सक्छ । यस्तै मधुमेहका रोगीहरुमा पनि उच्च रक्तचापको समस्या आउन सक्छ भने मधुमेह भएका करिब ६० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या पाइएको डा.कासलीवालले जनाए ।
डा. कासलीवालले उच्च रक्तचापका खतरनाक अवस्थाहरुबारे उल्लेख गर्दै बिरामीमा कुनै लक्षण नदेखिन सक्छ समेत वताए । बिरामीको रक्तचाप १८०/११० वा त्यो भन्दा बढी पुग्दा विभिन्न प्रकारको जटिलताहरु देखा पर्न थालने जनाउदै त्यसबेला बिरामीलाई केही आराम गर्न दिएर पुनः उसको रक्तचाप मापन गर्नुपर्ने वताए ।
दोस्रो मापनमा पनि रक्तचाप बढी नै पाइएमा बिरामी जोखिममा भएको मानी तत्कालै हृदयरोग विशेषज्ञसाग परामर्श लिनु पर्ने उल्लेख गर्दै डा.कासलीवालले उच्च रक्तचापले हृदयाघात, पक्षघात, मस्तिष्कघात, मृगौलामा क्षति लगायत बिरामी बेहोस समेत हुन सक्ने जनाए । उच्च रक्तचापका लक्षणहरुमा बढी टाउको दुख्ने, चिन्तित हुने, बढी चिडचिडापन देखिने, नाकबाट रक्तश्राव हुने र सास फेर्न गाह्रो वा छिटो छिटो श्वास-प्रश्वास हुने जस्ता पर्दछन् ।
कार्यक्रममा डा. भारत रावतले बिलासी जीवनशैली र उपयुक्त शारीरिक व्यायामको अभाव मुटुरोगको कारक भएको बताए । नियमित शारीरिक व्यायामले उच्च रक्तचाप घटाउन मद्दत पुग्ने समेत उल्लेख गरे । हरेक वयष्कले सातामा न्युनतम साढे दुइ घण्टा शारीरिक व्यायाम गर्नुपर्ने सल्लाह डा. रावतले दिए । साथै आˆनो घर आँगनको बगैचामा काम गर्ने, घरायसी काम गर्ने, माशंपेशीहरु तन्काउने विविध काम गर्ने गर्दा समेत फाइदा पुग्ने उनले बताए ।
मुटुरोग विशेषज्ञहरुले उपयुक्त खानपान र आहार व्यवहार रोग नियन्त्रणको लागि महत्वुर्ण आयाम रहेको वताए । बढी फलफूल, तरकारीहरु, रेशेदार खाना, चिल्लो कम भएको दुग्ध पदार्थ, माछा र ड्राइ फ्रुट्सको उपभोग बढाउने र रातो मासु, बढी चिल्लो र बोसो तथा गुलिया मिठाई र नूनको प्रयोग घटाउने सल्लाह समेत विशेषज्ञहरुको थियो ।
Source:Kantipurnews